फिरोज शेख लहान २०७५ जेष्ठ २४ -
मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७५ अन्तर्गत बुधबार भएको पहिलो खेलमा डायनामाइट काठमाडौं लाई हराउदै बारा ११ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सप्तरी खडक नगरपालिकाको आयोजना तथा पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरी ४ को प्रायोजनमा संचालित प्रथम मेयर गोल्ड कप फुटवल प्रतियोगिता अन्तर्गत बुधबार भएको रोमान्चक खेलमा डायनामाइट काठमाडौं लाई १ का विरुद्ध २ गोल गर्दै बारा ११ ले फाइनलमा आफ्नो स्थान पक्का गरेका हुन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका बारा जर्सी नम्बर १० का खिलाडी आशा लालचौधरी म्यान अफ द म्याच भएका छन्।
प्रतियोगिता अन्तर्गत आज बिहिबार दोस्रो सेमिफाइनल खेल उदयपुर गाईघाट र सप्तरी फत्तेपुर बीच हुने पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरीका सचिव प्रमोद कुमार चौधरीले जानकारी दिएका छन्। प्रतियोगिताको फाइनल खेल सनिबार २६ गते हुने आयोजकले जनाएका छन्।