शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रहरीको भूमिका निष्पक्ष नभएको भन्दै प्रहरी विरुद्ध नारा जुलुस
जेठ २४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ २४ - 
नेपाल कम्युनिष्ट पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरुले लहान प्रहरीको भूमिका निष्पक्ष नभएको भन्दै प्रहरी प्रशासन विरुद्ध बुधवार नाराबाजी गरेका छन ।  ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक गणेश चन्दले हाम्रा नेता कार्यकर्ताहरुमाथि अन्याय हुँदा कुनै चासो नलिने ,मुद्धा दर्ता नगर्ने लगायतका कार्यहरुप्रति असन्तुष्टि भई बाध्य भएर यो कदम चाल्नु परेको नेकपा पार्टीका कार्यकर्ताहरुले बताएका छन ।  

लहान १८ का वडाध्यक्ष मोहम्द शमशेरका अनुसार जेठ १९ गते शोभापुरमा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले मर्दसा निर्माण गर्न लाग्दा नेपाली काँग्रेस पक्षले आक्रमण गरि नेपाल कम्युनिष्ट पार्टीका ५ जनालाई निर्घात कुटपिट गरेको घटनाको बारेमा सार्वजानिक मुद्दा दर्ता गराउन आउदा ईलाका प्रहरी कार्यालय लहानले कुनै वास्ता नगरि मुद्दा दर्ता नगर्दा प्रहरीको एकपक्षीय कार्यको भण्डाफोर गर्न नेकपा लहान नगर कमिटिले नारा जुलुस गरेको बताए ।  
मु्द्दा दर्ता नगरि मिलापत्रको लागि दबाब दिदै आएका  प्रहरी नायव उपरिक्षक चन्दको भूमिका नेपाली काँग्रेस समर्थकहरु लाई बचाउन लागेको आरोप लगाउदै नेकपाका अगुवा नेताहरु विष्णु साह , सत्य नारायण यादव , राम पृत राम, देव नारायण महतो , लहान १९ का वडाध्यक्ष मो हकिम , १० का वडा अध्यक्ष मन्टी कुमार मण्डल र ५ का वडा अध्यक्ष  सुलेमान अन्सारी लगायतका नेता तथा कार्यकर्ताहरुको अगुवाइमा पिडित पक्षले प्रहरी प्रशासनलाइ निष्पक्ष भुमिका निर्वाह गर्न दबाब स्वरुप नारा जुलुस गरेका छन्।  

यता प्रहरी नायव उपरिक्षक चन्दका अनुसार मदर्सा - मस्जिद जस्तो धार्मिक ठाँउमा भएको विवाद लाई आपसी मेलमिलाप गराएकै राम्रो हुने मनसायले मेलमिलाप गराउनै खोजेकै हो । तर यसलाई तन्काएर प्रहरी प्रशासनलाई दोषी देखाएर आरोप लगाउने कार्य ठिक नभएको बताउनु भएको छ। 

जेष्ठ  १९ गते  मदरसा निर्माण गर्ने विषय लाई लिएर भएको दुई पक्षीय झडपमा ८ जना घाइते भएका थिए। जसमा काँग्रेस पक्षबाट पनि ३ जना घाइते भएको थियो। झडपमा ५५ वर्षीय मोहम्मद अब्दुल, उनकी बुहारी ३५ वर्षीया समीना खातुन, ५५ वर्षीया जहीरा खातुन, छपन मियाँ, कलामुद्धिन मियाँ, मोहम्मद किस्मत, मोहम्मद जिवछा र जयनत् खातुन घाइते भएका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.