शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फत्तेपुर लाई हराउदै बारा द्वारा उपाधि माथि कब्जा
जेठ २७, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ २७ - 
मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७५ अन्तर्गत सनिबार  भएको फाइनल खेलमा फत्तेपुर फुटवल कल्व लाई हराउदै बारा फुटवल कल्वले उपाधि माथि कब्जा गरेको छ। सप्तरी खडक नगरपालिकाको आयोजना तथा पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरी ४ को प्रायोजनमा संचालित प्रथम मेयर गोल्ड कप फुटवल प्रतियोगिता अन्तर्गत सनिबार भएको रोमान्चक फाइनल खेलमा फत्तेपुर लाई १ का विरुद्ध २ गोल गर्दै बाराले उपाधिमाथि कब्जा गर्न सफल भएका छन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका बारा जर्सी नम्बर ७ का खिलाडी सागर चौधरी म्यान अफ द म्याच भएका छन्। भने प्रतियोगिता अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका बरा कै अनिल चौधरी बेस्ट डिफेन्डर भएका छन् । 

खडक नगरपालिका नगर प्रमुख हिमायु हकको प्रमुख आतिथ्यमा भएको उक्त फाइनल खेलमा नगरप्रमुखले विजेता बारा फुटवल क्लव लाई नगद रु. १ लाख ५१ रुपैया सहित ट्रफी , शिल्ड , मेडल र प्रमाण पत्र प्रदान गरेका छन् , भने उपविजेता फत्तेपुर लाई नगद रु .५० हजार ५१ रुपैया संगै ट्रफी , शिल्ड , मेडल र प्रमाण पत्र प्रदान गरेको पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरीका सचिव प्रमोद कुमार चौधरीले जानकारी दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.