शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा पानि पर्दा केहि राहत महसुस
जेठ २८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ २८ - 
बढ्दो तापक्रमसँगै तातो हावा बगिरहेको लहानमा साझ भारी वर्षा भएकोछ । सोमबार अपरान्हदेखि मौसम बदली हुँदा लहानको वतावरण केहि मात्रामा शीतल बनेको छ । दुई सातायता बढेको गर्मी र जिउ नै पोल्ने घामका कारण यहाँको जनजीवन प्रभावित बनेको थियो । वर्षा हुनुअघि लहानको तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि थियो । पानी परेपछि सर्वसधारणहरु केहि राहत महसुस गरिरहेका छन् । धेरैजसो सर्वसाधारण वर्षाको पानीमा भिज्न घर बाहिर समेत निस्केका थिए। लगातार भएको वर्षाले लहानको केही भागमा पानि जमेका कारण सर्वसाधारणहरु लाई आवत जावतमा समस्या भईरहेको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.