शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एपेक्स एजुकेशनल द्वारा विदाई कार्यक्रम सम्पन्न
असाड ८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असार ८ - 
एपेक्स एजुकेशनल एकेडमी लहानले व्रिज कोर्ष र इन्ट्रान्स प्रिपेशन गरेका विद्यार्थीहरुलाई बिहिबार फरेवेल कार्यक्रमको आयोजना गरि विदाई तथा सम्मान गरेका छन्। एपेक्स एजुकेशनलका  संस्थापक अध्यक्ष भरत साहको अध्यक्षता तथा सफ्टेक कलेजका संस्थापक डाक्टर महादेव साहको प्रमुख आतिथ्यमा भएको उक्त विदाई तथा सम्मान कार्यक्रका अतिथिहरुमा श्री जनता मावि सोनमती गाढाका प्रमुख अरविन्द कुमार दास , लहान नगरपालिकाका शिक्षा शाखा विनि भवानी कट्टेल , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख , विद्यार्थी नेता अशोक चौधरी , शिक्षकहरु मनोज कुमार यादव,  सरोज  कुमार खड्का, सुदिपराज कुशवाहा,सुनिल शर्मा,राजन कुमार गोईत , विनोद साह , भरोशी साह,भुलेंद्र दास, हृदय नारायण यादव ,बिमल कुमार चौधरी,भारत कुमार यादव ,कारण चौधरी ,राम चन्द्र साह,मृगेन्द्र साह,अनु कार्की  लगायत  व्रिज कोर्ष र इन्ट्रान्स प्रिपेशन गरेका सैयौ छात्रछात्राहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घोषण संचारकर्मी लाल बिहारी यादवले गर्नु भएको थियो भने स्वागत मन्तव्य शिक्षक ब्रजमोहन अधिकारिले राख्नु भएको थियो ।कार्यक्रका वक्ताहरुले सम्पूर्ण विद्यार्थीहरुलाई उज्वल भविष्यको शुभकामना सहित उचित परामर्स समेत दिएका थिए।  कार्यक्रममा गायक सरोज सन्त र सरोज चौधरीले आफ्नो गायन बाट उपस्थित सम्पूर्ण लाई मनोरंजन गराएका थिए। भने  विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई दोसल्लाह ओढाई सम्मान समेत गरिएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.