शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दिन दहाडै चोरी भएको मोटर साईकल फेला , आफ्नै साथि
असाड १०, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असार १० - 
सिरहाको लहान बाट गत विहिबार दिन दहाडै चोरी भएको मोटर साईकल चोर सहित फेला परेको छ। विहिबार लहानको शहिद चौक देखि ५० मिटर उत्तर लहान ८ बाट स .९ प ८५७२ नम्बर गरेको रातो , कालो रंग भएको जय प्रकाश महतोको २ सय २० सिसिको पल्सर मोटर साइकल चोरी भए लगतै ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्दको निर्देशन तथा इन्स्पेक्टर विजय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले सिरहाको दक्षिणवर्ति सिमाक्षेत्र वरियारपट्टि बाट ४८ घण्टा भित्र चोर सहित मोटर साईकल फेला पार्न सफल भएका छन्।

इन्स्पेक्टर यादवले दिएको जानकारी अनुसार मोटर साईकल सहित लहान १३ बस्ने २३ वर्षीय अशेश्वर प्रशाद यादव वरियारपट्टि बाट पक्राउ परेका छन्। अशेश्वर मोटर साईकल धनि जय प्रकाश महतोको आफ्नै आत्मीय मित्र रहेको र विभिन्न समयमा उक्त मोटर साईकल चलाउदै आइरहेको हुँदा मोटर साइकलको मास्टर साचो बनाइ चोरी गरेका हुन्। पक्राउ परेका अशेश्वर लाई इलाका प्रहरी कार्यलय लहानमा राखी थप अनुशन्धान भईरहेको छ।यसै बीच सोहि क्षेत्र बाट वेवारिशे अवस्थामा रहेको स.३ प. ५२२८ नम्बरको मोटर साईकल समेत फेला परेको इन्स्पेक्टर यादवले बताए।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.