शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ७ मा सेनिटरी प्याड वितरण कार्यक्रम सम्पन्न
असाड २०, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असार २० - 
सिरहाको लहानमा महिला तथा प्रसुती रोग सचेतना तथा सेनिटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ। महिलाहरुमा अशिक्षा तथा चेतनाका कारण भइरहेको महिला सम्बन्धि समस्याहरुमा पाठेघर सम्वन्धि समस्या , आङ खस्ने, सेतो पानि वग्ने, तल्लो पेट दुख्ने, पिसाव पोल्ने, ढाड कम्मर दुख्ने, यौन रोग, महिनावारीको बेला हुने समस्याका बारेमा सचेतना जगाउने उदेश्यले लहान नगरपालिका वडा न. ७ मा ( लक्षित वर्गको कार्यक्रम अन्तर्गत ) महिला तथा प्रसुती रोग सचेतना तथा सेनिटरी प्याड बितरण कार्यक्रम बुधबार सम्पन्न भएको हो। वडा अध्यक्ष राकेश रोशन गुप्ताको अध्यक्षता तथा डाक्टर  बिभा मण्डल गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा  शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख , वडा सदस्यहरु राम बाबू महतो, आनन्द चौधरी, मुना श्रेष्ठ र आशा मेस्तरको उपस्थितिमा सम्पन्न कार्यक्रममा उक्त वडाका ७० जना महिलाहरुले सहभागीता जनाएका थिए। 

कार्यक्रममा बोल्दै महिलाहरुमा देखीएका समस्याहरुलाई मध्यनजर गर्दै महिलाहरुमा बढ्दै गएको समस्यालाई उजागर गर्न र समस्याबाट मुक्त गराउन कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष गुप्ताले जानकारी दिनुभयो। त्यस्तै पाठेघर सम्वन्धि समस्या ,आङ खस्ने, सेतो पानि वग्ने, तल्लो पेट दुख्ने, पिसाव पोल्ने, ढाड कम्मर दुख्ने, यौन रोग महिलाहरुको समस्या भएपनि एकजना मा यो समस्या भए पुरै परिबार लाई समस्या हुने भएकोले जनचेतना जगाउनु सबैभन्दा बढी प्रभाबकारी भएको संचारकर्मी फिरोज शेखले बताए । गरिबी , अशिक्षा बालबिबाह , महिलाको सुत्केरी हुदा स्वास्थ्यचौकी तथा दक्ष चिकित्सको परार्मस नहुनु मुख्य समस्या भएको हुनाले शिक्षा र स्वास्थ्यको पहुच सबैक्षेत्रमा पुर्याउन सके यो समस्या घटदै जाने र महिलाहरुमा बढी देखा परिरहेको आङ खस्ने समस्या र यसका समाधानका उपायबारे संचारमाध्यममा आबद्ध पत्रकारहरुले लेख्ने कुराको विकास र यो समस्याको सवास्थ्य संग मात्र नभई सामाजिक चांसो र शिक्षासंग पनि जोडेर कुरा गरिनुपर्ने बारेमा संचारकर्मी शेखले चर्चा गरेका थिए। कार्यक्रमा प्रमुख अतिथि डाक्टर  बिभा मण्डल गुप्ताले उपस्थित महिला तथा किशोरीहरुलाई महिलाहरु लाई लाग्ने विभिन्न रोगहरु बाट बच्ने उपाय र त्यसको समाधान संगै सेनिटरी प्याड प्रयोग बारे जानकारी गराउनु भएको थियो।

कार्यक्रमको संचालन वडा सचिव मनोज गुप्ताले गर्नु भएको थियो भने स्वागत मन्तव्य वडा सदस्य मुना श्रेष्ठले राख्नु भएको थियो। यसै बीच कार्यक्रममा आ-आफ्नो धारणा राख्दै कार्यक्रम निकै प्रभावकारी र महिलामैत्री भएको कार्यक्रमा सहभागि महिलाहरुले फेरि पनि यस्ता कार्यक्रमको आयोजना हुनुपर्ने बताए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.