शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ५ मा हजारौ लिटर मदिरा बरामद
असाड २०, २०७५ | फिरोज शेख

लहान २०७५ असार २० - 
सिरहाको लहान नगरपालिका ५ मा प्रहरीले हजरो लिटर अवैध मदिरा बरामद गरि नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय लहानले अबैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्रि वितरण गरिरहेको विशेष सुचनका आधारमा अपरेशन शुरु गरेको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक विजय यादवका अनुसार लहानमा अबैध मदिराका कारण दिनहु समाजमा झै झगडा,घरेलु हिंसा,महिला हिंसा लगायतको घटनामा बृद्धि भइरहेको हुनाले विशेष अपरेशन शुरु गरिएको वताए । निरिक्षक यादवका अनुसार मानिसको स्वास्थ्य स्थितिमा प्रत्यक्ष असर पुर्याइरहेको हुदा यसलाई अभियानको रुपमा संचालन गरिएको वताए । लहान नगरपालिकाको वडा न.५ धाती टोलको हरेक घरमा आधुनिक तरिकाबाट अबैध मदिरा उत्पादन गरिरहेको समाग्री र तयारी अबस्थामा राखिएको हजारौ लिटर मदिरा बरामद गरि नष्ट गरिएको छ । निरिक्षक यादवले भने धाती टोलमा अधिकाशं घरवेटीले मदिरा उत्पादन गरिरहेको छ । अप्रेशन टोलिले मदिरा उत्पादन गर्ने चुलो भठी,ड्म लगायतको सामग्री समेत नष्ट गरेका छन्।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.