शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ८ मा नि :शुल्क स्वास्थ्य शिविर सम्पन्न
असाड २४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असार २४ - 
सिरहा जिल्लाको लहान नगरपालिका वडा न . ८ मा महिला तथा बालरोग सम्बन्धि एक दिने  नि:शुल्क स्वास्थ्य शिविर सनिबार सम्पन्न भएको छ। ८ नम्बर वडा कार्यलयको आयोजना तथा लहान नगरपालिकाको सहयोगमा आयोजित उक्त नि :शुल्क शिविरमा वडा नम्बर ८ का १२५ जना वडाले आ - आफ्नो स्वास्थ्य चेकजाच गराई लाभावन्भित भएका छन्। लहान ८ का वडा अध्यक्ष विजय कुमार महतोको अध्यक्षता तथा लहान नगरपालिकाका नगरप्रमुख मुनि साह सुडीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको ( लक्षित वर्गको कार्यक्रम अन्तर्गत ) उक्त शिविरमा वडा सदस्यहरु विमला महता , पुनिता देवी पासवान ,सुरेश कुमार साह , राज लाल साह , समाजसेवी राम नारायण महतो , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख , सिद्धार्थ आधारभूत विधालयका प्रधाना अध्यापक सुधा चौधरी , समाज सेवी रमेश ढुंगाना , कमल कुमार माझि , स्वास्थकर्मी खुश्बु गुप्ता , संचारकर्मी शिव कुमार साह , लहान २ का समाजसेवी राम कुमार महतो , लहान ५ का समाजसेवी ओम प्रकाश साह , स्ठानिय गोपाल कुमार पासवान , पप्पु कुमार साह लगायतको उपस्थिति रहेको थियो।

 स्वास्थ्य शिविरको उद्घाटन नगर प्रमुख साहले व्यानर खोलेर गर्नु  भएको थियो , भने डाक्टर अरविन्द साह जेनेरल फिजिसियन एमडी जीपी वीरहस्पिटल हाल लहान ७ स्थित ओम पोलिक्लिनिकमा कार्यरत र महिला तथा प्रसुती रोग विशेषज्ञ विभा सिंहको संयुक्त टोलीले शिविरमा आएका विरामीहरु लाई चेकजाँच गर्नु का साथै उचित परामर्श दिएका थिए । शिविरमा ४५ जना बालवालिका र ८० जना महिला गरि १२५ जनाले चेकजाँच गराएका छन्। कार्यक्रम संचालन वडा सचिव लखन साहले गर्नु भएको थियो , भने शिविरमा विरामीहरुलाई नि:शुल्क औषधि समेत वितरण गरिएको छ। 
यसै बीच शिविरको उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले निशुल्क रुपमा आयोजना गरिएको शिविरबाट लाभ लिन सवैलाई आग्रह गरेका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.