शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा
असाड २५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असार २५ -
लहान नगरपालिका आईतबार एक कार्यक्रम बीच पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएका छन् ।नगरपालिकाका शतप्रतिशत बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि सुनिश्चितता घोषणा गरिएको हो । जन्मेदेखि डेढ वर्षसम्मका बालबालिकाले रोग प्रतिरोधात्मक ११ प्रकारका खोप पाए नपाएकोबारे महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा परिचालन गरी पूर्ण खोप नपाएका बालबालिकालाई खोप लगाई पूर्ण पारिन्छ । लहान नगरपालिका स्वास्थ्य अधिकृत रतन कुमार दासका अनुसार , “वडा, नगरपालिकामा सबै बालबालिकाले पूर्ण खोप पाएको हुनाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा घोषणा गरिएको हो ।” जनस्वास्थ्य कार्यालय सिरहा खोप अधिकृत शिव चन्द्र ठाकुरका अनुसार यस नगरपालिकाका खोप लगाउने उमेरका सम्पूर्ण बालबालिकाले पूर्ण खोपको मात्रा पाएका छन् ।सबै नगरपालिका र गाउँपालिकाका बालबालिकाले पूर्ण खोपको मात्रा पाएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिने बताउनुभयो । 


खोपले रोगसँग लडने प्रतिरोधात्मक क्षमताको विकास गर्ने भएकाले बालबालिकालाई विसिजी, डिपिटी, हेपबिहिव, पोलियो, दादुरालगायतका खोप लगाएर ११ प्रकारका प्राणघातक रोगबाट बचाउन सकिन्छ। क्षयरोग, धनुष्टंकार, भ्यागुते, लहरेखोकी, हेपाटाइटिस बी, हेमोफोलिस इन्फलुइन्जा, बी, पोलियो, दादुरा, जापनिज इन्सिफलाइटीस लगायतका प्राणघातक रोगविरुद्धको खोप निःशुल्क रुपमा निर्धारित खोप केन्द्रमा लगाइने गरिएको उनले बताए।बालबालिकाले खोपका सबै मात्रा पाएपछि कार्यक्रममा नगरपालिका क्षेत्रका सबै प्राथमिक उपचार केन्द्र, स्वाथ्य चौकी, उपस्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिकको कार्य क्षेत्रभित्र रहेका सम्पूर्ण स्वास्थ्य सेवा प्रदायकका पदाधिकारीहरु र वडा अध्यक्षहरु  लाई प्रमाण पत्र सहित सम्मानित गरिएको थियो। लहान नगरपालिकाका नगरप्रमुख मुनि साह सुडीको अध्यक्षता तथा प्रदेश सभा सदस्य लगन लाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा लहान नगरपालिकाका उप प्रमुख शरियार चौधरी , प्रमुख प्रसाश्कीय अधिकृत तिर्थ राज भट्टराई , लहान अस्पतालका नियमित मेसु डाक्टर मुनेश्वर साह , वडा अध्यक्षहरु राकेश कुमार गुप्ता , विन्देश्वर यादव , गडुल बहादुर जर्घा मगर , मोहमद हाकिम , सुलेमान मिया अन्सारी , विजय महतो , शिया राम यादव , मनटि कुमार मण्डल , फागु चौधरी , प्रथम लाल चौधरी ,प्रदिप कुमार चौधरी ,राम नाथ पण्डित , अरुण केसी ,राज कुमार साह ,कमलदेव यादव लगायत मेरी स्टोप्स सेन्टर लहानका सेन्टर इन्चार्ज सुदिप श्रेष्ठ, लहान नगरपालिका शिक्षा शाखाका भवानी कटेल , कासिंदर प्रसाद यादव सहित यस नगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा आफ्नो अमुल्य योगदान पुर्याउनु भएका महिला महिला स्वास्थ्य स्वयंसेविका लगायत स्वास्थ्यकर्मीहरुहरुको उपस्थिति रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.