शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुब्बाको शोेकमा स्थानीय तहका कार्यालय बन्द
साउन ६, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ श्रावन ६ - 
 सिराहाका विभिन्न स्थानीय तह धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनको शोकमा बन्द भएको छ । लहान नगरपालिका  लगायत अन्य नगरपालिकाहरुमाआज  शोकसभा पनि भएका छन् । “स्व सुब्बाकोे सम्मानमा एक दिनका लागि कार्यालय बन्द गरिएको हो”, लहान नगरपालिकाका नगर प्रमुख मुनि साह सुडीले भन्नुभयो।शोकसभामा लहान नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु संगै संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो। मेयर सुब्बाको यही साउन १ गते उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको थियो । उनको छातीमा निमोनियाको इन्फेक्सन थियो ।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.