शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सडकको फोहोर लहान नगरपालिका कार्यालयमा
साउन १९, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ श्रावन १९  - 
नेपाल विद्यार्थी संघ नेविसंघ  र तरुण दल सिराहाका कार्यकर्ताहरुले लहान नगरपालिका राजमार्ग क्षेत्रको फोहोर उठाएर नगरपालिका कार्यालयको गेट अगाडी र परिसरमा थुपारेका छन् । नगरपालिकाले सरसफाई नगरेको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृसंगठन नेविसंघ र तरूण दलले राजमार्ग क्षेत्रको फोहोर उठाएर नगरपालिका कार्यलयमा थुपारेका हुन्। नेविसंघ र तरूण दलका नेता तथा कार्यकर्ता हरुले ' सरसफाई तथा जनताको स्वास्थ्य प्रति  जनप्रतिनिधिहरु गम्भीर बनौ ' ध्यान आकर्षण व्यानर सहित प्रदर्शन गर्दै शनिबार बिहान राजमार्ग क्षेत्रबाट संकलन गरिएको दुई ट्र्याक्टर फोहोर नगरपालिका गेट अगाडी र परिसरमा थुपारेका छन्। नगरपालिकाले सरसफाई कर लिने तर फोहोर नउठाउने गरेको विरोधमा फोहोर उठाएर नगरपालिकामा फालेको नेविसंघका केन्द्रीय सदस्य अशोक चौधरीले बताए । उनले सडक खाली गराउने बहानामा १८ दिनदेखि फोहोर नउठाएर लहान नगरपालिकाका मेयर मुनि साहले नगरबासीको स्वास्थ्य सँग खेलवाड गरेको आरोप लगाउदै , अबपनि फोहोर नउठाए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।

राजमार्ग क्षेत्र खाली गराउने बिषयमा सडक विभाग सँग भएको आन्तरिक विवादका कारण लहानका मेयर मुनी साहले फोहोर नउठाउन कर्मचारीलाई निर्देशन दिएका हुन्। १८ दिनसम्म फोहोर नउठेपछि जताततै फोहोर थुप्रिएर राजमार्ग क्षेत्र दुर्गन्धित र डम्पिंग क्षेत्रमा भएको छ। नेविसंघ र तरुण दलले विरोध स्वरूप यस क्षेत्रका केहि भागको फोहोर मात्र उठाएका छन्। अहिलेपनि लहान नगरपालिका राजमार्ग क्षेत्रको धेरै जसो ठाउमा फोहर थुप्रेको देख्न सकिन्छ।फोहरका कारण राजमार्ग क्षेत्रमा दिनहु हिड्ने आगन्तुक र यस क्षेत्रका सर्वसाधारणहरु नाक थुनेर हिडन बाध्य भएका छन्। सडक विभाग र लहान नगरपालिका विचको विवादका कारण सर्वसाधारणहरुले दुख पाइरहेको हुनाले यो समस्या चाडै समाधान गर्न लहाननगरवासीहरुले सम्बन्धित निकाय संग जोडदार माग गरेका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.