शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुनिता सिंह चोकेन " बेटी बचाउ,बेटी पढाउ’अभियान लिएर नेपालमा
भाद्र १३, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ भाद्र १३ - 
भारतको सोमनाथबाट सोलो साईकल यात्रामा निस्केकी  " बेटी बचाउ,बेटी पढाउ’ र बोट विरुवा लागाउ बातावरण जोगाउ "  अभियान सहित काठमाण्डौ सम्मको यात्रामा निस्केकी सुनिता सिंह चोकेन लाई हिजो लहानमा मेरी चिल्ड्रेन स्कुलका प्रमुख पाण्डव हमाल ठकुरी सहित उक्त स्कुलका विद्यार्थी , शिक्षकहरु लगायत संचारकर्मीहरुले भव्य स्वागत गरेका छन्। भारतको सोमनाथ देखि काठमाण्डौ सम्म ५ हजार किलो मिटरको साइकल यात्रामा निस्किएकी चोकेन भारत सरकारको ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रमका एम्बेस्डर हुन् । महिला सशक्तिकरणका लागि नेपाल भारतमा ‘महिला हिंसा, दाइजो उन्मुलन, बालविवाह, बोक्सी प्रथा, छुवाछुत निर्मुल गर्न र वृक्षारोपन गरि वातावरण  जोगाउन चोकेन साईकल यात्रामा निस्केकी हुन्। बेटी बचाउ, बेटी पढाउ कार्यक्रमले दलित गरिब लाई विद्यालय सम्म पुर्याउन र महिला हिँसा निर्मुल पार्न शसक्त आधार तयार बनिरहेको भन्दै चोकेनले प्रदेश २ मा पनि बेटी बचाउ, बेटी पढाउ अभियान चलिरहेको थाहा पाए पछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत संग भेट्ने इच्छा समेत जाहिर गरेकी छिन।

चोकेन पत्रकार भेटघाटमा ‘स्वच्छ वातावरणको लागि रुख रोपौ’ भन्दै चोकेनले ‘सबै लाई ‘वृक्षारोपण गर्न समेत आग्रह गरेकी छिन।’ उनी भारत र नेपालमा गरि अहिलेसम्म ७ हजार भन्दा बढी वृक्षारोपण गरि सकेको र सवै अहिले पनि जीवित रहेको बताइन। सुनिता चोकेनले २०११ मा एभरेष्टमा चढेर कृतिमान कायम गरिसकेकी छिन। भारत सरकारले चोकेनलाई २०१२ मा डोफर अवार्ड, २०१३ मा भारत गौरब, २०१६ मा नारी शक्ति, २०१८ मा कल्पना चावला अवार्डले सम्मानित गरिसकेका छन् । एक्लै यस अभियानमा लागेकी चोकेन यस अभियान अन्तर्गत  विभिन्न  ठाउमा साइकल यात्रा गरिसकेकी छिन। चोकेनलाई नेपालमा रोटरी क्लबले सहयोग गर्दै आएका छन्।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.