शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रदेश सरकारले आफ्नो अधिकार जसरि पनि लिएर छाड्छ - मुख्य
भाद्र १३, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ भाद्र १३ - 
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार आफ्नो अधिकार जसरि पनि लिएर छाड्ने उद्घोष गर्नु भएको छ। लहानमा आयोजित नेपाल राष्ट्रिय मारबाडी परिषदको १५ औ वार्षिक साधारण सभाको उद्घाटन सत्र लाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राउतले यस्तो उद्घोष गर्दै मारबाडी समुदायलाई प्रदेश २ मा लगानी गर्न आह्वान समेत गर्नु भएको छ। मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिको लागि मारवाडी समुदायको सहयोग आवश्यक रहेको बताउनु भयो । प्रदेश सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न कदम चाली सकेको उल्लेख गर्नु हुँदै उहाँले लगानी सुरक्षाको चिन्ता नगर्न समेत आग्रह गर्नु भयो ।

प्रदेश प्रहरीमा ५० % महिला आरक्षणको व्यवस्था गरिएकोले हाम्रो समाजमा जड़ो गाडेको महिला हिँसा तथा बाल विवाह निर्मुल हुने ठहर गर्दै   प्रदेश प्रहरी गठन भए लगतै सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको मातहतमा आउने भएकाले उद्योगी व्यवसायीलाई सुरक्षाको पूर्ण ग्यारेन्टी दिइने उहाँले बताउनु भयो । समृद्ध नेपाल खुशी नेपालीको सपना प्रदेश नं २ को समृद्धिले मात्र पुरा हुने बताउनु हुँदै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिका लागी सबै समुदायलाई एकजुट भएर अघि बढनु पर्ने उल्लेख गर्नु भयो। मारबाडी समुदायको विभिन्न आन्दोलनहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग रहिआएकोले किङ्ग मेकरको संज्ञा दिदै आफ्नो अधिकारको लागि अब आफै किङ्ग बन्न राजनीतिमा समेत आउन   सुझाव दिनु भयो। प्रदेशमा संचालित बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानमा समेत आ–आफनो ठाँउबाट सहयोग गर्न आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले समाजिक रुपान्तरण आजको प्रमुख आवश्यकता रहेको बताउनु भयो ।

नेपाल राष्ट्रिय मारबाडी परिषदका अध्यक्ष पवन मित्तलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संघीय सांसद पद्मनारायण चौधरी, प्रदेश नं २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झा , जिल्ला अधिकारि रुद्र प्रसाद पण्डित ,  नेपाल राष्ट्रिय मारबाडी परिषदका संजय अग्रवाल,भिखन चन्द ,उमा शंकर अग्रवाल , कैलाश चन्द ,राम अवतार अग्रवाल, मारबाडी सेवा समिति लहानका निवर्तमान अध्यक्ष मानिस सारडा सहितका वक्ताहरुले मारबाडी समुदायको इतिहास संगै नेपालको राजनीतिक आन्दोलन र आर्थिक समृद्धिमा मारवाडी समुदायले खेलेको भूमिका बारे उल्लेख गरेका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.