शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा देखियो तिजको रौनक
भाद्र १६, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ भाद्र १६ -
हिन्दू नारीहरुले धुमधामका साथ मनाउने हरितालिका (तीज) को पुर्व सन्ध्यामा सिरहाको लहानमा तिजको गजबको रौनक देखिएको छ। लहान सिटी जेसिस लहान र लायन्स क्लव अफ सिटि लहानको आयोजना तथा विकास ट्रेडर्स लहानको विशेष सहयोगमा आज सनिबार हरितालिका (तीज) पर्व को अवसरमा सामाजिक सदभावका लागि  शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। मारवाडी सेवा सदनको सभा हलमा भएको उक्त कार्यक्रममा  के पहाडी ,के मधेशी ,के थारु , के हिन्दु , के मुस्लिम सवै समुदायका करिब ४ सय महिलाहरुको उपस्थिति रहेको थियो। 

लहान सिटी जेसिस वर्ष २०१८ अध्यक्ष उमेश चौधरी र  लायन्स क्लव अफ सिटि लहानका अध्यक्ष रियासत लिमि मुन्नाको अध्यक्षतामा सम्पन्न उक्त तिज विशेष कार्यक्रमा सिटि जेसिस लहानका पुर्व अध्यक्ष धरणीधर अधिकारि , दिपेन्द्र राज सिंह , शंकर गुप्ता , विकाश सारडा , वरिष्ठ सल्लाहकार अशोक अमात्य लगायत , शिक्षक उद्धव हमाल, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगमका संचालक फिरोज शेख , संचारकर्मी जिवछ उदासी लगायत लहान सिटी जेसिस वर्ष २०१८ र लायन्स क्लव अफ सिटिका महिला तथा पुरुष बोर्ड मेम्बरहरुको उपस्तिथी रहेको थियो। 

जेसी खुश्बु हमाल र जेसी प्रतिभा गिरिको संयोजनमा भएको कार्यक्रममा ६० वर्षीय वृद्धा महेश्वरी दाहाल लाई मायाको चिनो सहित सम्मान गर्नुका साथै कार्यक्रममा सहभागी महिलाहरुले एक अर्कामा शुभकामना व्यक्त गर्दै तीजका विभिन्न गीतहरुमा छमछमि नाच्दै दुख : पिडा बिर्सदै रमाएका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.