शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेशनल लाईफ इन्सुरेन्सको सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
भाद्र १६, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ भाद्र १६ - 
सिरहाको लहानमा नेशनल लाईफ इन्सुरेन्स कम्पनि लिमिटेड शाखा कार्यलय लहानले सनिबार सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। लहान शाखा प्रमुख डम्बर बहादुर वादीको अध्यक्षता तथा राजबिराज शाखा प्रमुख राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लहान शाखाका प्रारम्भिक अभिकर्ता इन्द्रदीप महतो ,ह्रतिका रानी झा , गोकुल विक्रम खड्का , आजु सिशिला चौधरी व्यवसाय अधिकृत निरा मुमारी झा र सरोज कुमार यादव लगायत व्यवसाय प्रवन्धक तर्फ क्रमस श्रवण कुमार मसरांगी , इन्द्र कुमार साह , राम आशिस महतो , हिरा नन्द झा र मोहन झा लाई सम्मान पत्र सहित सम्मान गरिएको छ।

कार्यक्रममा गाईघाट शाखा प्रमुख प्रेम कुमार राई , कटारी शाखा प्रमुख जित बहादुर सुनुवार , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख , मुक्तिनाथ विकास बैंक लहान शाखा प्रमुख उमानाथ विश्वकर्मा , प्रिमियर इन्सुरेन्स लहान शाखा प्रमुख आनन्द कुमार राइ , प्रभु बैंक लहान शाखा प्रमुख पशुपति पोख्रेल , हाइलाइट मियुजिक कम्पनीका संचालक शेर बहादुर थापा मगर ,मेरी स्टोप्स सेन्टर लहान शाखा प्रमुख सुदिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण पदाधिकारी तथा सैयौ सदस्यहरुलाई लाईफ इन्सुरेन्सका बारेमा तालिम समेत दिइएको छ  । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.