शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रदेश स्तरीय नेपाल बसोबास बस्ति संरक्षण समाज गठन
भाद्र २४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ भाद्र २४ - 
सिरहाको लहानमा सुकम्बासी र अव्यवस्थित बसोबास गरिरहनु भएका निमुखा ,गरिब ,दलित ,पिछडिएका समुदायको हितमा काम गर्नका  लागि २ नम्बर प्रदेश स्तरीय नेपाल बसोबास बस्ति संरक्षण समाज गठन गरिएको छ।  जिल्ला पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रशाद गुप्ताको प्रमुख आतिथ्य तथा शेख मिडिया हाउस प्रालि , रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेखको विशिस्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश २ मा रहेका सुकम्बासी र अव्यवस्थित बसोबास गरिरहनु भएका निमुखा ,गरिब ,दलित ,पिछडिएका समुदायहरुको संरक्षण गर्नका लागि सुरेन्द्र कुमार दासको अध्यक्षतामा १३ सदस्य प्रदेश स्तरीय नेपाल बसोबास बस्ति संरक्षण समाज गठन गरिएको छ। समितिका उपाध्यक्षमा अम्बिका विश्वकर्मा ,सिचिवमा ललिता दास , कोषाध्यक्षमा ओम प्रकाश गिरि , सदस्यहरुमा राम प्रमोद पासमान , सरोज चौरसिया , पप्पु कुमार साह , मनिसा कुमारी शर्मा लागायतका रहेका छन । 

यस समितिले सुकम्बासी र अव्यवस्थित बसोबास गरिरहनु भएका निमुखा ,गरिब ,दलित ,पिछडिएका समुदायहरुको यकिन तथ्यांक संकलन गरि लालपुर्जाको समस्या , जोखिमपूर्ण स्थानमा वसोवास गर्ने परिवारलाई उचित स्थानमा स्थान्तरण गर्ने , नागरिकताका समस्या ,शिक्षाको समस्या लगायत समस्याहरुको समाधान गर्न स्थानीय सरकार ,परदेश सरकार र संघीय सरकार समक्ष पहल गर्ने समितिका अध्यक्ष सुरेन्द्र कुमार दासले बताए।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.