शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क शिविर
भाद्र २४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ भाद्र २४ - 
सिरहाको लहानमा फिजियोथेरापी दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। लहान ३ होस्पितल चौक देखि ३ सय मिटर पूर्वमा अवस्थित सप्तरीऋषि फिजियोथेरापी सेन्टरले आयोजना गरेको नि : शुल्क स्वास्थ्य सिविरमा ४५ जनाले नि : फिजियोथेरापी गराई लाभान्वित भएका छन्। उक्त शिविरमा घाटी,ढाड,घुडा,जोर्नीहरू दुखने , डिस्क प्रोल्यास ,गेठीया वातरस ,हाड खिइएको , नशा च्यापिएको तथा पारलाइसिस ( लक्बा ) , मुख वाङ्गिने , शरीरको कुनै एक अथवा दुवै भाग नचल्ने ,जोर्नीहरू कम चल्ने ,शरीर र हात खुट्टाको कमजोरी ,जन्मै देखि शिशुहरुको हात खुट्टा नचल्ने र बोल्न न सक्ने लगायतका नि:शुल्क सेवा प्रदान गरिएको फिजियोथेरापीस्ट डाक्टर अरुण साहले जानकारी दिएका छन। सिविरमा सिरहा ,सप्तरी ,उदयपुर ,धनुषा लगायतका ४५ जना विरामीहरुले फिजियोथेरापी सेवा बाट स्वास्थ्य लाभ लिएका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.