शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लेखापढी कानुन व्यवसायी इकाई समितिमा चौधरी निर्वाचित
भाद्र २९, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ भाद्र २९ - 
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति लहानको निर्वाचन शुक्रबार सम्पन्न भएको छ। लहान मालपोत कार्यलयमा सम्पन्न भएको निर्वाचनमा महेश्वर चौधरीको अध्यक्षतामा निर्विरोध १३ सदस्य नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति लहान गठन गरिएको छ। उप निर्वाचन समिति संयोजक गुरुदेव यादवले दिएको जानकारी अनुसार उपाध्यक्षमा राम नारायण यादव , सचिवमा राजेश्वर प्रसाद कामति ,सह-सचिवमा राम गणेश यादव , कोषाध्यक्षमा देव राम यादव ,सह-कोषाध्यक्षमा राम कुमार सतारा लगायत सदस्यहरुमा सुखैर चौधरी ,वालेश्वर साह ,तारणी प्रसाद यादव ,महेश कुमार गुप्ता ,विल्टु महतो राम अशिष ठाकुर र संजय कुमार झा निर्विरोध निर्वाचित भएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.