शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रक्तदान कार्यक्रम सम्पन्न
भाद्र ३१, २०७५ | फिरोज शेख

लहान २०७५ भाद्र ३१ - 
नेपाल एसबिआई बैंकले २५ औ वार्षिकउत्सवको अवसरमा सिरहाको लहानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल एसबिआई बैंक लिमिटेड शाखा कार्यलय लहानको आयोजना तथा नेपाल रेडक्रस सोसायटी लहानको सहयोगमा " रक्तदान नै जीवन दान हो " मूल नारा सहित शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको नेपाल एसबिआई बैंक लिमिटेड शाखा कार्यलय लहानका प्रवन्धक दिलिप रोयले जानकारी दिएका छन्।रक्तदान गर्नुहुने रक्तदाताहरु लाई नेपाल एसबिआई बैंक लिमिटेड शाखा कार्यलय लहानले सम्मान-पत्र सहित सम्मानित गरेका छन्। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.