शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सरोकारवालाहरु संगको सम्वाद कार्यक्रम सम्पन्न
आश्वीन ६, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असोज ६ - 
अन्तर्राष्ट्रिय शान्ति दिवशको अवशरमा सिरहाको लहानमा "मेरो लागि न्याय कहा“ छ ? भन्ने मुख्य विषयमा केन्द्रीत भई सरोकारवालाहरुसंगको अन्तकृयात्मक सम्वाद कार्यक्रम हिजो सम्पन्न भएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) सिरहा, मुक्ति नेपाल गोलवजारको आयोजना तथा मानवअधिकार संरक्षण केन्द्र (संजाल) सिरहा ,महिला मानवअधिकार रक्षक संजाल सिरहा र इन्सेक सिरहा संगको सहकार्यमा आयोजित उक्त अन्तकृयात्मक सम्वाद कार्यक्रममा हिंसा प्रभावितहरुले आफुले वर्षौ वितिसक्दा पनि न्याय नपाएको भन्दै सरोकारवालाहरु समक्ष आफनो गुनासो राखेका थिए । कार्यक्रममा 'बलात्कार तथा महिलामाथि हुने सबैखाले हिंसा नियन्त्रण र हिंशा प्रभावितहरुको न्यायमा सहज पहुँचको वातावरण निर्माण' गर्नका लागि गृह प्रशासनको ध्यानार्कषण गराउदै मानवअधिकारका क्षेत्रमा कृयाशील संस्था तथा संजालका प्रतिनिधीहरुद्धारा हस्ताक्ष्रित ज्ञापन पत्र सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डीतलाई बुझाएको छ।

कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डीतले समाजमा महिलामाथिको हिंसा वृद्धिहुनुमा हाम्रो शैक्षिक प्रणालीको समेत दोष रहेको बताउनु भयो , वहाँले विधालयबाट नैतिक शिक्षा पाठयक्रमबाट हटाइएकोले पनि युवाहरुमा अनुशासन कम हुदै गएकोले फेरी समाजमा सामाजिक असन्तुलन कायम राख्न र अपराधीक मनस्थितीलाई निरुत्साहित गर्न विधालयमा नैतिक शिक्षा तथा समाजमा अध्यात्मिक चिन्तन र सकारात्मक सोचको विकास गर्नमा सबैले जोड दिनुपर्ने र सम्पतिका कारण महिला हत्याका घटना वृद्धि भइरहेको छ जस्को पछिल्लो उदाहरण कारीदेवी यादवको हत्याको घटना हो भनि बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख जीवन कुमार श्रेष्ठले समाजमा अपराधको घटना नघटनुनै राम्रो तर घटिहालेपनि तत्काल न्याय निरुपण हुन सके दोषीलाई कारवाही गर्न सकेपनि अपराध नियन्त्रण हुने बताउदै यसकालागि सबै पक्षको सहयोग प्रहरीलाई आवश्यक पर्नेहुन्छ । जिल्लामा शान्ति, सुरक्षा व्यवस्थापन गर्न सिरहा प्रहरी अहोरात खटिरहेको समेत वहाँले बताउनु भयो । 

त्यसैगरि राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं २ कार्यालय जनकपुरका प्रमुख विर बहादुर बुढा मगरले पछिल्लो दिनहरुमा देशैभर बलात्कार तथा महिलामाथि हुने हिंसाका घटनाहरुमा वृद्धि भएको प्रति चिन्ता व्यक्त गर्दै यसलाई नियन्त्रण गर्न प्रहरी प्रशासनको भुमिका प्रभावकारी हुनु पर्ने बताउनु हुदै समुदायमा सचेतना अभिवृद्धि गर्नका लागि आयोग आफैले जिल्लामा उपस्थिीत भई स्थानीय सरकार तथा नागरिक संस्थाहरुसंग सहकार्य गरि मानवअधिकार शिक्षा कार्यक्रम संचालन गर्न शुरुवात गरेको बताउनु भयो । 
कार्यक्रममा घरेलु हिंशा पिडितले आफुमाथि आफनै श्रीमानले हिंसा गरिरहेको, नागरिकता नबनाई दिएको, विवाह दर्ता पनि नभएको र खान लाग्न केही नदिई दिनरात कुटपिट गरिरहेको बताउदै ड्राइभर पेशामा रहेको श्रीमानले अर्कै महिलासंग सम्बन्ध रहेकोले आफु र आफनो दुईवटा सन्तानले निकै हिंसा खेप्नु परेको दुखेसो राख्दै प्रमुख जिल्ला अधिकारी समक्ष आफनो नागरिकता बनाईदिन आग्रह गरेकी थिइन ।सम्वाद कार्यक्रमको स्थानीय एफ.एम रेडियो समग्र एफएम. १०७ मेगाहर्ज र रेडियो सरगम ९३ मेगाहर्ज बाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.