शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
निजी विद्यालयको व्यवस्थापनको लागि छुट्टै ऐन चाहियो - एन
आश्वीन ६, २०७५ | फिरोज शेख

जिवछ उदासी / फिरोज शेख लहान २०७५ असोज ६ - 
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशियन नेपाल (एन प्यावसन ) सरकारले संघिय संसदबाट पारित गरेको विधेयक र बनेको नयाँ ऐनले निजी विद्यालयहरुको भावनालाई समेट्न नसकेकोले छुट्टै ऐनको वयवस्था गनपर्र्नेे माँग सहित ११ बुँदे ध्यान आकर्षण गराउन जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयमा बुझाउन पत्रकार सम्मेलन गरि बुझाएको छ । ध्यानआर्षण पत्र ब्झाउने क्रममा एन प्यावसनको केन्द्रिय सललाहकार पाण्डव हमाल प्रदेश २ का अध्यक्ष जय प्रकाश चौधरी सिरहा जिल्ला अध्यक्ष प्रदिप तिवारीले संयुक्त रुपमा भन्नुभयो , निजी विद्यालयको भूमिका योगदान र गुणस्तरीय शिक्षाको लागि गरेको कार्यलाई सम्झेर विधेयक ल्याउनु पर्दथ्यो त्यसो नगरि समिति कोठे बुद्धिजीविहरुको सल्लाह लिएर हतारमान ऐन ल्याएको गम्भीर आरोप लगाउनुभयो ।  

अनिवार्यतथा निःशुल्क शिक्षाको सम्वन्धमा बनेको विधेयक २०७५ को उद्येश्य र कारण अन्तर्गत नेपालको संविधानको धारा ३१ (१) को शिषाको हक र र धारा ४० को दलितको हक आकर्षित भईरहँदा धारा २५ (१) सम्पतिको हक र धारा ४४ (१) को उपभोक्तको हक आकर्षित नहुनुले निजी विद्यालय संकटमा परेको उहाँहरुले बताउनुभयो । सामुदायिक विद्यालयहरुको तुलनामा निजी विद्यालयष्ले शिक्षाको क्षेत्रमा गरेको योगदानलाई वेवास्ता गरेकोले निजी विद्यालयहरुलाई संचालन गर्न छ्ट्टै संचालन गर्न हाम्रो भावनालाई समेटनुपर्ने , निःशुल्क शिक्षाका सम्वन्धमा छात्रवृत्ति भन्ने परिभाषा अन्तर्गत मासिक शिक्षण शुल्क मात्र हुनुपर्ने र अनय शिर्षकको शुल्क अभिभावकले नै तिर्नुपर्ने व्यवस्था मिलाइयोस , उच्च शिक्षा अध्ययनको निम्त्ति राज्यले प्रदान गर्ने छात्रवृत्तिको आरक्षण प्रावधानमा निजी विद्यालयलाई गरिएको लज्जास्पद , विभेदकारी ४५ प्रतिशत छात्रवृत्तिको आरक्षण प्रावधानलाई खारेजगरि सम्पूर्ण लक्षित समूहलाई खुलला गर्ने सुनिश्चित गरियोस, निजी विद्यालयहरुलाई शैक्षिक भौतिक तथा मानवीय पूर्वाधारको आधारमा कुनै भेदभावविना प्राविधिक शिक्षा पठन पाठन गराउने सुनिश्चित गरियोस , प्राथमिक उपचार बाहेकका स्वास्थ्यको दायित्व निजी विद्यालयको हुनुपर्ने व्यवस्था अन्तय गरियोस लगायतका ११ बुँदे मागहरु राखिएको ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय एन प्यावसन सिरहाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो । ध्यानाकर्षण पत्र बुझाउन सिरहाका एन प्यावसन आवद्ध विद्यालयहरुको संचालको उपस्थिति रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.