शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला विद्यार्थी फोरम अध्यक्षमा महतो चयन
आश्वीन १२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असोज १२ - 
समाजवादी विद्यार्थी फोरम नेपाल सिरहा जिल्ला समितिको अध्यक्षमा विजय कुमार महतो चयन भएका छन् ।विहिबार सिरहाको लहानमा आयोजित समाजवादी विद्यार्थी फोरम नेपाल प्रथम एकताको सिरहा जिल्ला अधिवेशनबाट महतोको अध्यक्षतामा २६ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।समितिका उपाध्यक्षद्वय राकेश कुमार साह र कोषण थापा मगर, सचिवमा सुख सागर साह, सहसचिवद्वय सुजित कुमार यादव र सुरेन्द्र कुमार यादव, कोषाध्यक्षमा सोनी कुमारी साह चयन भएको समाजवादी विद्यार्थी फोरम नेपाल सिरहा जिल्ला अधिवेशनको निर्वाचन मण्डलको अध्यक्ष कृष्ण शंकर साहले जानकारी दिनु भयो । 

त्यसैगरी सदस्यहरुमा वर्षा कुमारी राय दनुवार, रोविना राय दनुवार, राम उद्गार दास, मनोज यादव, इन्द्रजीत यादव, अमन कुमार साह, अपन कुमार साह, अनिल कुमार यादव, कविराज रौनियार, रोशन कुमार साह, श्याम सुन्दर साह, मुकेश कुमार यादव, विनिता गोस्वामी, अनु गुप्ता, निभा यादव, विनिता यादव, पुनिता यादव, शिव शंकर गुप्ता र वरुणदेव साह चयन भएको जनाइएको छ ।संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सरिता गिरीको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमा केन्द्रिय सदस्य तथा पूर्व मन्त्री राजलाल यादव, केन्द्रियहरु अशोक यादव, रिता यादव, राम चलितर महतो, केन्द्रिय महासचिव दिपेश यादव, केन्द्रिय सचिव नेम्बर राई, सिरहा जिल्ला अध्यक्ष बादल यादव, समाजवादी विद्यार्थी फोरम नेपाल प्रदेश २ का इन्चार्ज कृष्ण शंकर साहलगायतकाहरुको उपस्थिति रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.