शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बैंक कर्मचारी लुट्ने ७ जना सार्वजानिक
आश्वीन १२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असोज १२ - 
सिर्जना सामुदायिक सहकारी संस्था सिरहाका दुई जना कर्मचारीसँग पेस्तोल देखाएर रकम लुटेकाहरुलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले पेस्तोल देखाएर रकम लुटपाट गर्ने सात जनालाई विहिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा एक जना भारतीय नागरीक सहित ६ जना धनुषा जिल्लाका रहेका छन् । भारतीय नागरीक मधुवनी जिल्ला ग्राम पञ्चायत छतौना २ का २७ वर्षिय किशोर कुमार शर्मा, धनुषा जिल्लाको विदेह नगरपालिका १ का २० वर्षिय नरेश कुमार ठाकुर, १९ वर्षिय रविन्द्र ठाकुर, ठाडी झिझाका श्याम सुन्दर ठाकुर, कमला नगरपालिका ६ हतमुण्डाका १९ वर्षिय रमेश कुमार महतो, कमला नगरपालिका ८ हरिणेका २७ वर्षिय शत्रुधन ठाकुर र धनुषाकै तारापट्टी गाउँपालिका १ पुर्वारी टोलका २२ वर्षिय चन्द्रशेखर यादव रहेका छन् । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले भदौं २८ गते भएको लुटपाट घटनामा संलग्नहरुलाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको बताएका छन् ।

प्रहरी उपरीक्षक श्रेष्ठले पक्राउ परेकाहरुसँग ‘मेड इन युसए एन. ७१०’ लेखिएको पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, ‘मेड इन इटाली’ लेखिएको स्वचालित पेस्तोल १ थान, म्यागजिन १ थान, पेस्तोलमा लाग्ने गोली १३ राउण्ड, सामसुङ मोबाईल १ थान, ६ हजार १५० नेपाली रुपैयाँ, विभिन्न कम्पनीको सिमकार्ड ५ थान, चन्द्रशेखर यादवको भारतीय सवारी चालक अनुमति पत्र, लुटिएको नेपाली नम्बर प्लेट सहिको बीआर ३२ ए ९३७३ नम्बर प्लेटको मोटरसाईकल २ वटा बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । पक्राउ परेकाहरु अर्नामा गाउँपालिकाबाट किस्ता रकम उठाएर आउँदै गर्दा सिरहा नगरपालिका २२ सागरपुर नजिकै मैनावती नदि नजिकै सहकारीका सिरहा शाखा फिल्ड सहायक हरेराम पण्डित र कनिष्ठ अधिकृत लालकुमार सिंहसँग पेस्तोल देखाएर ३ लाख ९३ हजार रुपैयाँसहित मोटरसाइकल लुटेको थियो। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.