शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा दुई युवा समुहको झै झगडामा एक युवकको मृत्यु
आश्वीन २५, २०७५ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी ,२५ असोज । सप्तरीको राजविराजमा दुई युवा समुहबिच भएको ग्याङ्ग फाईटमा एक जना युवाको मृत्यु भएको छ । सप्तरीको राजदेवी मा वि राजविराजका विद्यालय व्यवस्था समितिका सदस्य एवं राजविराज नगरपािलका १ निवासी समाजसेवी भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेम यादवको अन्य केही युवाहरु बिच भएको ग्यांग फाईट अर्थात झै झगड़ामा मृत्यु भएको हो । उच्छृंखल दुई युवा समूहबिच ब्यक्तिगत रिसिभिका कारणले भएको झै झगडामा यादवको मृत्यु भएको मृतकका परिवारजनको आरोप रहेको छ । यता सो घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


यसैबिच सो घटनाको प्रदेश सभा २ का सदस्य मनिष कुमार सुमन तथा राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव केसीले छुटा छुटै विज्ञप्ती प्रकाशन गरी भत्सर्ना गर्दै दोषीमाथि आवश्यक कार्बाही तथा मृतकलाई उचित क्षतिपुर्तिका साथै मृतक परिवारप्रति सम्वेदना ब्यक्त गर्दै भगवानले धैर्यधारण गर्नका लागि कामना समेत गरेका छन ।  यसैबिच मृतका आफन्तजनहरुले आज साँझ सप्तरीको राजविराजमा सो घटनाको छानबिन गर्नुपर्ने ,दोषीमाथि कार्बाही हुनुपर्ने लगायतका माँग राख्दै बृहत प्रदर्शन गरेका छन ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.