शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
तिन बोरा लागु औषध सहित एक पक्राउ
आश्वीन ३०, २०७५ | फिरोज शेख

फिरोज शेख लहान - असोज ३० - 
सिरहा प्रहरीले तिन बोरा लागु औषध सहित एक जना पक्राउ परेको छ। सिराहा धनगडीमाई नगरपालिका वडा नम्बर ९ जिरोमाइल स्थित आज मंगलबार दलुवा भन्ने गंगा प्रसाद यादवको घरमा विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले यादवको घरबाट तिन वटा बोरामा मुख बाधी प्याक गरि राखेको डाइलेक्स डिसी १०० एमएलको ४४८ बोतल , नाईट्रोकाइट ६ डब्बा १ हजार ८ सय पिस , स्पास्मोस ६ डब्बा ८ सय ६४ पिस र फोडविन १ सय ८० पिस लागु औषध सहित गंगा प्रसाद यादव लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सिराहाका प्रहरी नायव उपरीक्षक माधव राज खरेलले जानकारी दिनु भएको छ। पक्राउ परेका यादव लाई ईलाका प्रहरी कार्यलय लहानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.