शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्क्र्याच कुपन मार्फत फेरी एक जनालाई उपहार
कार्तिक १, २०७५ | फिरोज शेख

फिरोज शेख लहान ,कार्तिक १ - 
रोयल शुको खरिदमा  स्क्र्याच कुपन मार्फत फेरी एक जनालाई उपहार परेको छ । होटल तथा मदिरा व्यवसायि संघका जिल्ला अध्यक्ष लहान ५ निवासी संजय साहले रु. ५ हजारको उपहार हातपारेका छन्। लहानको पुरानो बजार स्थित रहेको करिम बुट हाउसमा रोयल शुको जुत्ता खरिद गर्दा साह लाई सो उपहार प्राप्त भएको हो।करिम बुट हाउसका संचालक अब्दुल करिमले स्क्र्याच कुपन मार्फत विजेतालाई पुरस्कार हस्तान्तरण गरेको पसलका वसिम अक्रमले जानकारी दिए । अहिले नेपाली ब्रान्डको रोयल शु कम्पनीले दशै तिहारको अवसरमा प्रत्येक रोयल शु को खरिदमा एक स्क्रयाच कुपन दिने र सो स्क्रयाच कुपन मार्फत रु १ सयदेखि रु. १ लाखसम्म नगद पुरस्कार तथा ५ देखि ५० प्रतिशत सम्म छुटको साथै विशेष उपहारको व्यवस्था गरेको छ। यस अघि स्क्र्याच कुपन मार्फत एपोलो ओम बोर्डिंग स्कुल लहान ७ का प्रिन्सिपल महेश चौधरी , नेपाल विद्युत प्राधिकरण लहान शाखामा कार्यरत कर्मचारी विद्यानन्द चौधरीले रु. ५ / ५ हजार उपहार हातपारेका छन् भने उनका साथीहरु गोपाल सिंह रु. २ हजार ५ सय र प्रकाश नन्द र्चाैधरीले पनि २ हजार ५ सयको स्क्र्याच कुपन मार्फत उपहार हात पारिसकेका  छन्। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.