शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा २१ सय ८५ खसी¬बोकाको बलि ,मेलामा (
कार्तिक ३, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ कार्तिक ३ - 
सिरहाको लहानमा अवस्थित दुर्गा मन्दिर शक्तिपीठमा २१ सय ८५ खसी¬बोकाको बलि दिइएको छ। गत वर्ष उक्त मन्दिरमा २१ सय ४६ सङ्ख्यामा खसीबोको बलि दिइएकामा यस वर्ष २१ सय ८५ खसी¬बोकाको बलि दिइएको श्री श्री १०८ श्री दुर्गा पूजा समितिका अध्यक्ष बिनोद साहले जानकारी दिनुभएको छ।

यसै बीच लहानको दुर्गा मन्दिरमा प्रतेक वर्ष लाग्ने मेला यसपाली पनि हर्सो -उल्लासमय वातावरणमा सम्पन्न भएको छ। सुरक्षाको दृष्टिकोणले निकै संवेदनशिल रहेको लहानमा यस वर्ष आयोजक समितिले नेपाल प्रहरी, शस्त्र प्रहरी , ट्राफिक प्रहरी , जनपत प्रहरी , श्री गणेश युवा समिति लगायतकाहरु संग समन्वय गरि सिसि टिभी क्यामरा सहितको व्यवस्थापनमा सुरक्षा व्यवस्था कडा पारेको थियो। भने ग्लोवल फ्रेन्ड्स एसोसिएशन लहान ( GFA )को सोजन्य , श्री गणेश युवा समितिका संयोजक राम औतार शर्माको व्यवस्थापनमा उदयपुर बाट आएका MJ इटरटेन्मेंटको प्रस्तुति दशैँ उत्सव विशेष सांस्कृतिक कार्यक्रम अष्टमी देखि दशमी सम्म प्रस्तुत गरिएको थियो। निर्त्य र कला क्षेत्रमा ख्याति प्राप्त 
एमजे मिथुनको सांस्कृतिक टोलि द्वारा प्रस्तुत गरिएको उक्त कार्यक्रमको उदघोषण स्थानीय युवा दुर्गा मेहताले गर्नु भएको थियो।

यता बडा दशैँको शुभ अवसरमा प्रतेक वर्ष ग्लोवल फ्रेन्ड्स एसोसिएशन लहान ( GFA )ले आयोजना गर्दै आएको नि:शुल्क पिउने पानि र नि:शुल्क प्राथमिक उपचार कार्यक्रम लाई यस वर्ष पनि निरन्तरता दिएको छ। कार्यक्रम संयोजक संजय पासवानको संयोजकत्वमा माता दुर्गाको दर्शन गर्न आएका भक्तजनहरुको विशेष सेवा र सुविधा लाई मध्य नजर गर्दै सेवा मुखी भावनाले आयोजना गरिएको उक्त कार्यक्रममा ८५ जार शुद्ध पानि वितरण र ३५ जना लाई प्राथमिक उपचार सेवा प्रदान गरिएको ग्लोवल फ्रेन्ड्स एसोसिएशन लहान ( GFA ) का अध्यक्ष बशन्त साहले जानकारी दिनुभएको छ। विगत २०७१ साल देखि ग्लोवल फ्रेन्ड्स एसोसिएशन लहान ( GFA )ले आयोजना गर्दै आएको उक्त कार्यक्रममा स्वास्थ्यकर्मी सिद्धार्थ चौधरीले प्राथमिक उपचार सेवा दिएका थिए।

यसै बीच सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादसैंको अवसरमा महानमवीका दिन ६ सय ३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित उक्त मन्दिरमा प्रत्येक वर्ष महानमवीका दिन राँगा, खसीबोका र परेवाको बलि दिने गरिएको स्थानीयवासीको भनाइ छ । गत वर्ष पनि उक्त मन्दिरमा ४ सइ ९३ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिइएकामा यस वर्ष ६ सइ ३२ राँगा र करीब २० हजारको सङ्ख्यामा खसीबोकाको बलि दिइएको कङ्कालनी मन्दिर विकास समितिले जनाएको छ ।उक्त मन्दिरमा नेपालका विभिन्न जिल्ला र भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायत ठाउँबाट लाखौँको सङ्ख्यामा दर्शनार्थीको भीड लागेको थियो ।त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पनि घटस्थापनादेखि महानवमीसम्ममा करीब १५ हजार खसी¬बोकाको बलि दिइएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.