शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वाणिज्य संघको चियापान कार्यक्रम सम्पन्न
कार्तिक ८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ कार्तिक ८ - 
सिरहाको लहानमा जिल्ला उधोग वाणिज्य संघले आयोजना गरेको चियापान कार्यक्रम सम्पन्न भएको छ। नेपालीहरुको महानचाड विजयादशमी,शुभ दिपावली , नेपाल सम्वत तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना सहित जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका नवनिर्वाचित पदाधिकारीहरु क्रमश : अशोक लाल अमात्य,दिपक नायक ,परमेश्वर साह,अब्दुल करिम ,विकास सारडा,सरोज महतो,प्रदिप कुमार गुप्ता,नागेश्वर चौधरी,राम उदगार महतो,रामभजन साह,चन्देश्वर यादव,रन्जित चिरानिया,रविन्द्र चौधरी,रिता देवी यादव र शुशिला कुमारी महतोको संयुक्त आयोजनामा आयोजित चियापान कार्यक्रममा नेपाली कांग्रेसका नेता सांसद प्रदीप गिरि , पदम नारायण चौधरी,लगायत नेता राम चन्द्र यादव  जनप्रतिनिधि , उधोगी , व्यापारी, अधिकारकर्मी , संचारकर्मी , विभिन्न संघसंस्थानका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमा  जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका नवनिर्वाचित अध्यक्ष अशोक लाल अमात्यले कार्यक्रमा उपस्थित सम्पूर्णमा विजयादशमी,शुभ दिपावली , नेपाल सम्वत तथा छठ पर्वको शुभकामना दिदै टिका लगाइदिनु भएको थियो । चियापान कार्यक्रम गौधुली होटलको प्रांगणमा आयोजना गरिएको थियो। 

यसै बीच  जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना कार्यक्रम प्रदेश न. २ का आर्थिक मामिला तथा योजना मन्त्रि विजय कुमार यादवको प्रमुख आतिथ्यमा यहि मिति २०७५ साल कार्तिक १२ गते सोमबार ,दिनको १ बजे लहानको मारवाडी सेवा सदनमा रखिएको समेत अध्यक्ष अमात्यले जानकारी दिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.