शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लायन्स क्लव अफ लहान सिटिमा लिमि
कार्तिक १४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ कार्तिक १४ - 
लायनस क्लव अफ लहान सिटिको बर्ष २०१८/ ०१९ का लागि अध्यक्ष रियाशत लिमि ( मुन्ना )  नेतृत्व टिमको पदस्थापना कार्यक्रम मंगलबार राति सम्पन्न भएको छ । बर्ष २०१७/०१८ का अध्यक्ष विकाश सारडाले नयाँ अध्यक्ष रियाशत लिमि ( मुन्ना ) लाई पद हस्तान्तरण गरेका छन्। कार्यक्रममा लायन्स डिष्ट्रीक ३२५ ए २ नेपालका गर्भनर शुदर्शन धर पर्धाङयाले अध्यक्ष रियाशत लिमि , निवर्तमान अध्यक्ष विकाश सारडा , प्रथम उपाध्यक्ष संजय राज शर्मा , द्धितीय उपाध्यक्ष राम सेवक यादव, तृतीय उपाध्यक्ष सुदिप कुमार चौधरी, सचिव जय प्रकाश चौधरी,कोषाध्यक्ष किसन रोनियार, सदस्ता अभिविर्द्धि संयोजक धरणीधर अधिकारि, नेपाल लायन्स फाउन्डेसन संयोजक चक्रपाणि दहाल,निर्देशक वसन्त साह,शिव शंकर महतो,विकाश सारडा ,जनसम्पर्क अधिकारि डाक्टर शुभास बाबु साह,सचेतक उमेश कुमार चौधरी, टेमर ललित कुमार महतो,प्रोजेक्ट कोअर्डिनेटर सुरेश साह लगायत मनोनित विभिन्न पदका पदाधिकारीहरु लाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए। 

लायन्स संजय राज शर्माको संयोजनमा आयोजित उक्त पद स्थापन समारोहका प्रमुख अतिथि लहान नगरपालिका नगर प्रमुख मुनि साह , विशिष्ट अतिथि लायन्स सुदर्शन धर पर्धाङ्या र लहान नगरपालिका उप -प्रमुख सरियार चौधरी रहनु भएको कार्यक्रममा इलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापा, प्रथम VDG लायन्स शोभा जोशी, दुर्तिय VDG लायन्स डाक्टर शुशिला मल्ल, पुर्ब गभर्नर लायन्स मधुकर उपाध्याय , लहान आँखा अस्पतालका प्र्साशकीय अधिकृत अभिषेक रोशन , जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य , दुर्गा मन्दिर समितिका अध्यक्ष बिनोद साह , लहान नगरपालिका अधिकृत तिर्थ राज भटराई , डाक्टर सुनिल कुशवाहा, लहान सिटि जेसिसका पुर्व अध्यक्ष शंकर गुप्ता , निवर्तमान अध्यक्ष सत्य नारायण पंजियार, शेख मिडिया हाउस प्रालिका अध्यक्ष फिरोज शेख लगायत विभिन्न संघ संस्थानका प्रमुख ,प्रतिनिधि, लहान सिटीका सदस्यहरुको उपस्तिथी रहेको थियो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुनि साहले लायन्स क्लव अफ लहान सिटिले  सामाजिक क्षेत्रमा राम्रो काम गर्न सफल भएकोमा धन्यावाद दिएका छन्। युवाहरुमा युवा जोस हुने भन्दै उनले युवा जोसलाई कार्यमा परिणत गरी लहान सिटीले उदाहरणीय कार्य गरको धारणा राख्दै चाडै लहान नगरपालिकाले विकाशको क्षेत्रमा फड्को मार्ने विश्वाश व्यक्त गर्नु हुदै नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरु लाई सफल कार्यकालको शुभकामना सहित त्यहा उपस्थित सम्पूर्णमा आउदै गरेको शुभ दिपावली, नेपाल संवत र छठ पर्वको शुभकामना व्यक्त गर्नु भएको थियो। 
कार्यक्रमा उपस्थित सम्पूर्ण अतिथिहरुलाई अध्यक्ष रियासत लिमि र निवर्तमान अध्यक्ष विकाश सारडाले मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन र सम्मान प्रकट गर्नु भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.