शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मदरसा अर्गनाईजेश सिरहाको अध्यक्षमा मुस्ताक अहमद चयन
कार्तिक १५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ कार्तिक १५ - 
सिरहाको लहानमा सम्पन्न मदरसा अर्गनाईजेशन अफ नेपालको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा मौलाना मो. मुस्ताक अहमद सहित ११ सदस्यीय कार्य समिती चयन भएको छ ।बुधबार समपन्न कार्यक्रममा समितिको उपाध्यक्षमा मो. हफिज (बेल्हा), कोषाध्यक्षमा मौलाना अलाउद्दीन (तेनुवापट्टी), सचिवमा मौलामा मो.तैयब, उपसचिवमा मो. अलाउद्दीन र अन्य सदस्यहरु रहेका छन् ।सदस्यहरुमा मो. मोमताज मियाँ, अब्दुल रहमान, मौलाना मो. नसिम, मौलाना नबी अख्तर, मो. इसराइल र मो. फिरोज रहेको नवनिर्वाचित उपाध्यक्ष मो. हफिजले जानकारी दिनुभयो ।नवनिर्वाचित अध्यक्ष मौलाना मो. मुस्ताक अहमदको अध्यक्षता तथा अर्गनाईजेशनका २ नम्बर प्रदेश अध्यक्ष शशीकपुर मियाँको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा अर्गनाईजेशनका २ नम्बर प्रदेश उपसचिव मौलाना मो. अलिहसन, अर्गनाईजेशनका पर्सा जिल्ला अध्यक्ष हाजी मो. मैनुद्दिन, उपाध्यक्ष हाजी मो. एमाम हुुसैन, पर्सा जिल्ला सदस्य अब्दुल रहमान, लहान नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मास्टर मो. सुलेमान अन्सारी, वडा नं. १९ का वडा अध्यक्ष मो. हकिम, जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका महासचिव अब्दुल करिम , शेख मिडिया हाउस प्रालिका अध्यक्ष फिरोज शेख लगायत सिरहा जिल्लाका विभिन्न भागबाट भेला भएका मुस्लिम अगुवा तथा मौलाना, मोल्वीहरुको उपस्थिती रहेको अर्गनाईजेशन प्रदेश २ का उपसचिव मो. अलिहसनले जानकारी दिनु भयो ।

मदरसा शिक्षाको सुधार सहित गुणस्तर वृद्धि गर्ने उदेश्यले गठित मदरसा अर्गनाईजेशनले प्रदेश २ का आठ ओटै जिल्लामा संगठन विस्तरलाई तिव्रता दिएको अर्गनाईजेशनका २ नम्बर प्रदेश अध्यक्ष मियाँले बताउनु भयो । सरकारले मदरसा शिक्षा प्रति वेवास्ता गर्दै आएको बताउँदै मदरसा शिक्षाको नीति निर्माण हुनु पर्ने धारणा राख्नु भयो ।मदरसालाई सरकारले सामुदायिक विद्यालयको मान्यता दिए पनि सेवा सुविधाबाट बञ्चीत राखेको आरोप समेत लगाउनु भयो । उहाँले मदरसाका शिक्ष मौलानाहरुको पारिश्रमिक तलव सामुदायिक विद्यालयको शिक्षक सरह हुनुपर्नेमा जोड दिनुभयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.