शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
तलब भत्ता उपलब्ध नगराउदा शिक्षक आन्दोलित , पठनपाठन ठप्प
कार्तिक १७, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ कार्तिक १७ - 
प्रदेश न.२ को सिरहा जिल्ला भगवानपुर गाउपालिका अन्तर्गत संचालनमा रहेको मावि तहका विद्यालय ३ वटा र आधारभूत तहका विद्यालय १३ वटा गरि जम्मा १६ वटा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले चाडपर्वको बेला समेत तलब भत्ता नपाएको भन्दै आन्दोलित भएका छन्। १६ वटै विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले मिति २०७५ साल श्रावन देखि मिति २०७५ कार्तिक सम्म ४ महिनाको प्रथम चौमासिक तलब भत्ता दशैँ खर्च जस्ता सेवा सुविधा दशैँ प्रारम्भ हुनु पुर्व नै सम्बन्धित गाउँपालिका बाट निकासा भै सक्नु पर्नेमा परिषद नभएको,अघिल्लो खर्चको मुल्यांगक नभएको भनि विभिन्न बहानामा टाल माटोल गर्दै  भगवानपुर गाउपालिका हाल सम्म समेत तलव भत्ता निकासा नगर्दा बिहिबार देखि १६ वटै विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले पठन - पाठन बन्द गरेर आन्दोलनमा उत्रेका छन्।

श्री लक्ष्मी नारायण कोश्ल्या जनता मावि नहरा रिगौलमा कार्यरत शिक्षक इश्वर देव यादव भन्छन ,तलब भत्ता निकासा नभई हामी १४० जना  शिक्षाकर्मी शिक्षक कर्मचारीहरु माथि ठुलो आर्थिक संकट उत्पन्न भएको छ। वर्तमान अवस्थामा मात्र यस्तो समस्या उत्पन्न नभई स्थानीय निकायबाट तलब भत्ता खाने व्यवस्था भए देखि हाल सम्म हरेक चौमासिक निकासाको बेलामा यस्तै किसिमको मानसिक तनाव झेल्नु परेको अस्व्था सिर्जना भएको छ। हामि शिक्षाकर्मी शिक्षक कर्मचारीहरुको आर्थिक संकटले गर्दा मानसिक तनाव भएर शिक्षण सिकाई क्रियाकलाप समेत प्रभावित भइरहेकोले विद्यालयमा अध्यनरत वालवालिकाहरुको भविष्य समेत प्रभावित हुने गरेको छ।हामीले कार्तिक ११ गते तलब भत्ताको समस्या समाधान गर्न गाउपालिका लाई ३ दिनको लिखित समय दिदा पनि कुनै वास्ता नगर्दा बाध्य भएर बिहिबार बाटतलब भत्ता नपाए सम्म पठनपाठन  बन्द पहिलो चरणको आन्दोन सुरु गरेका छौ ;जस अन्तर्गत २०७५ कार्तिक १८ गते आइतबार हातमा कालो पट्टि बाँधी गाउपालिकाको अगाडी भेला हुने , कार्तिक १९ गते जुलुस निकाली गाउपलिका परिक्रमा गर्दै कोण सभा गर्ने , कार्तिक २० गते मौनवर्त जुलुस गर्ने,कोण सभा गर्ने यति गर्दा समेत हाम्रो मांग पुरा नभए दोस्रो चरणको आन्दोलनको घोषणा गरिने बताएका छन्।

यता भगवानपुर गाउपालिका अध्यक्ष बेचन यादवका अनुसार यस गाउँपालिका बाट निर्वाचित जनप्रतिनिधिहरुले गाउँ परिषद गराउन सहयोग नगरेको कारण परिषद अन्योलमा रहेको हुँदा शिक्षक तथा कर्मचारीहरु लाई तलब भत्ता निकासा हुन् न सकेको स्वीकार्दै यस समस्याको चाडै समाधान गर्न लागिपरेको बताएका छन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.