शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिंचाई कार्यलय सारिन लागेको विरोधमा लहान नगरपालिका
कार्तिक १७, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ कार्तिक १७ - 
लहान ग्रामीण चोकमा रहेको जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय सिरहा सदरमुकाम सारिन लागेको विरुद्धमा लहान नगरपालिका प्रतिरोधमा उत्रिएका छन्। शुक्रबार लहान नगरपालिकाले यहाँबाट कुनै पनि हालतमा कार्यालय सार्न नदिने भन्दै सुचना सिंचाई कार्यालयमा टाँस गरि सशक्त प्रतिरोधमा उत्रिने जनाएको छ। लहान नगरपालिकाको बार्ड मिटिंगले जारि गरेको सुचना अनुसार लहान नगरपािलिकाको छेउमा रहेको जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय लाई लहानबाट सिरहा सदरमुकाम सारिन लागेको जानकारी पाएपछि कार्यालयमा रहेको कुनै पनि समानहरु यहाँ बाट जान नदिने निर्णय गरिएको सुचनामा उल्लेख गरिएको छ ।

मन्त्रीपरिषदको २०७५ भदौ १० गते सचिव स्तरीय निर्णय अनुसार कार्यलय लहानमा नै कायम हुने गरि निर्णय भएको हुदा पनि कार्यालय प्रमुख श्यामनन्दन यादवको मिलोमतोमा प्रदेश सरकारले लहानबाट यस कार्यलयलाई सिरहा सार्न लागेकोमा नगरपालिका सशक्त प्रतिरोध गर्ने निर्णयमा पुगेको लहान नगरप्रमुख मुनि साहले बताएका छन्। कुनैवेला पनि लहानको कार्यालयबाट कागजात र समानहरु सार्न सकिने भएकोले यस कार्यालयबाट समान नसार्न सुचना टाँस गरिएको उहाँले बताउनु भयो । लहान स्थित कार्यालमा एक जना कार्यालय सहायकलाई खटाई सबै गतिविधिबारे जानकारी लिईरहेको प्रमुख यादवलाई लहान स्थित कार्यालयमा नियमित काम सुचारु गर्न ईलाका प्रशासन कार्यलय लाहानका प्रमुख सोम प्रसाद भट्टराईलाई लहान नगरपालिका बार्डले सिंचाई कार्यालयमै बोलाई अनुरोध गर्दा ईलाका प्रशासन प्रमुख भट्टराईले यसबारे थप बुझि केहि भन्न सकिने जवाफ दिँदै कार्यालय लहानबाट सारिएको जानकारी आफूलाई नभएको बताउनुभयो ।

यसै बीच जलश्रोत सिंचाई कार्यालय सिरहा लहानका प्रमुख श्यामनन्दन यादवसंग सम्पर्क गरि बुझ्दा सिरहा ,सप्तरी र उदयपूर तीन जिल्लाको डिभिजन कार्यालय रहेको लहानबाट उदयपूर र सप्तरीले आफ्नै जिल्लामा कार्यालय संचालन गर्न थालेपछि लहानको कार्यालय सिरहामा गाभिएको बताएका छन्।

यता लहानमा कार्यालय व्यवस्थापनको लागि कार्यालय भडा नलाग्ने र कार्यालय निर्माणको लागि प्रर्याप्त जग्गा हुँदा हुँदै गुपचुप रुपमा केन्द्रिय सरकारको निर्णयलाई नमानेर लहानबाट सिरहा कार्यालय सार्ने कार्य वदनीयतपूर्वक भएको सखुवानन्कारकटी गाँउपालिका अध्यक्ष केदारनाथ यादव र भगवानपूर गाँउपालिका अध्यक्ष बेचन प्रसाद यादवले लहान नगरपालिकाले चालेको कदम सहि भएको समर्थन गरेका छन् ।

यसै बीच ]शुक्रबार नै लहान नगरपालिका बार्डका सदस्यहरु नगरप्रमुख मुनि साहको नेतृत्वमा जलश्रोत कार्यालयको अनुगमनपछि मालपोत कार्यालय लहान पुगेर बालबिटुरी , गाँउब्लोक जग्गा सम्बन्धी समस्या समाधान गरि जनताको नियमित कामहरु छिटो छरितो गरि दिनुको साथै घरबाटो सिफरिस नलाई रजिष्टेशन पास नगर्न मालपोत कार्यालयका कर्मचारीहरुलाई भेला गराई जानकारी गराएका छन्।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.