शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बसको ठक्कर बाट एकल महिलाको मृत्यु
मंसिर २, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर २ - 
सिरहाको लहानमा बसको ठक्कर बाट एकल महिलाको मृत्यु भएको छ। लहान नगरपालिका-३ हस्पिटल चोकमा ना.४ ख ४७१३ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री लहान नगरपालिका-८ बस्ने स्वर्गीय विशेश्वर महतोको कान्छी श्रीमती ४० वर्षीया कुमारी महतोको आइतबार दिउसो घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय लहानले जनाएको छ। मृत्क महतोकी दुई छोरा एक छोरी रहेका छन्। यता ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  यस सम्बन्धमा इलाका प्रहरी कार्यलय लहानले  आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.