शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दिसाजन्य लेदो व्यवस्थापनको लागि सम्झौता
मंसिर ४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर ४ - 
नेपाल नगरपालिका संघ र लहान नगरपालिकाविच दिसाजन्य लेदो ब्यबस्थापन गर्नको लागि सम्झौता भएको छ । यस सम्झौता अनुसार काम सम्पन्न गरेर लहानलाई सुन्दर र स्वच्छ शहर बनाउन सकिने सरोकारवालाहरुले विश्वास ब्यक्त गरेका हुन् । विश्व चर्पी दिवसको अवसरमा नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलीखेल नगरपालिका प्रमुख अशोक कुमार बेन्जु श्रेष्ठ र लहान नगरपालिका प्रमुख मुनि साहले हस्ताक्षर गरि सम्झौता गरेका हुन् । नेपालका लहान सहित ५ नगरपालिका र बंगलादेशका ५ नगरपालिकामा संचालित रहेको यस पयिरयोजनाले लहान नगरपालिकाको लागि नगरस्तरीय दिसाजन्य लेदो ब्यबस्थापनका सरसफाई नीति तथा योजना तयार गर्नुको साथै सम्भाव्यता अध्धयन गरि विस्तृत परियोजना प्रतिवेदन तयार गरेर काम अगाडि बढाइने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश २ को लागि लहान नगरपालिका यस परियोजना संचालनको लागि पहिलो नगरपालिका भएकोले यस परियोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरि सुन्दर र स्वच्छ लहान निर्माणमा सहयोग हुने उहाँले सुझाव दिनुभयो। सम्झौतामा हस्ताक्षर गर्दै लहान नगरप्रमुख साहले लहानको लागि सरसफाई चुनौती भईरहेको वेला महत्पूर्ण पपिरयोजना पाएकोमा यसको कार्यान्वयन गर्न लहान नगरपालिका लागि पर्ने भन्दै फोहरलाई मोहरमा बदलेर दिसाजन्य लेदो ब्यबस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा २४ सै वडा का वडा अध्यक्ष , सदस्यहरु लगायत संचारकर्मीहरुको उपस्तिथी रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.