शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा भव्यताका साथ मोहम्मद जयन्ती मनाइयो
मंसिर ५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर ५ - 
मुस्लिम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म दिन भव्यता पूर्र्वक मनाएका छन् । ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको १२ तारिखका दिन बुधबार मुलुकको समृद्धिको कामना गर्दै लहानमा  पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव हर्षोल्लासका साथ मुस्लिम समुदायका मानिसहरुले मोहम्मद–डे मनाएको हो ।‘आका की आमद – मरहब्बा, मदनी की आमद – मरहब्बा’ भन्ने नाराका साथ बुधबार सिरहाका मुस्लिम समुदायहरुले शान्ति ¥याली निकाली लहान नगरपालिका परिक्रमा गर्दै बारवी रविउलअव्वल पर्व ‘मोहम्मद–डे’ मनाएका हुन । मुस्लिमहरुको धर्म प्रवक्ताको रुपमा रहेको पैगमवर मोहमम्दको १४९३ औं जन्मदीनको अवसरमा सिरहाका मुस्लिम समुदायहरु हजारौको संख्यामा पैगम्बरको अनेक थरीका नाराका साथै हर्षोल्लासपूर्वक जन्मोत्सव मनाएका छन् ।लहान ५ स्थित नयाँ बजारबाट शुरुभई लहानका विभिन्न क्षेत्रको परिक्रमा गर्दै पुनः नयाँबजारमा गएर कोणसभामा परिणत भएका थिए ।रयालीमा सहभागीहरूले प्ले कार्ड, धार्मिक वस्त्र, धार्मिक झन्डा, राष्ट्रिय झन्डासहित जन्मोत्सवको खुसीयालीमा नारा लगाएका थिए । 

मुस्लिम समुदायका मानिसहरुले हिजो ११ तारिखका दिन राती धार्मिक प्रवचन गर्नुका साथै घर, टोल, मदरसा र मस्जिदलाई झकिझकाउ बनाइ  मस्जिदमा राती जाग्राम बसि धर्मग्रन्थ कुरआनको तिलावत (वाचन) गर्ने र नफिल नमाज पढ्ने लगायतका धार्मिक कार्य गरेका छन्। विश्वभरीकै मुस्लिम समुदायले बारबी रविउलऔव्वल पर्व मनाउदै आएका छन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.