शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
११ महिनाको अवधिमा सिरहामा २०१ महिला हिंसाको घटना
मंसिर ८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर ८ - 
सिरहामा ११ महिनाको अवधिमा २०१ वाटा महिला हिंसाको घटना भएका छन। भएका अधिकांश घटना नातेदार र छिमेकीको कारण नै घटना भएको एक अध्ययनले देखाएको छ । २६ औ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१८ का सुरुवात गर्ने अवसरमा आयोजित पत्रकार सम्मेलनमा मानव अधिकार केन्द्र ( संजाल ) सिरहाले जारी गरेको प्रेस विज्ञप्तीका अनुसार जनवरी १ , २०१८ देखि नोभेम्वर २२, २०१८  सम्म यो घटनाहरु भएको ओरेक नेपाल सिरहाको अभिलेखमा उल्लेख गरिएको छ। १६ किसिमका महिला हिंसाका घटनाहरु मध्ये सबभन्दा वढी ७५ वटा कुटपिट गाली गलौज , घरवाट वाहिर निकालेको , खान लाउन नदिएको , नागरिकता नवनाई दिएको विवाह दर्ता नगरि दिएको,दाइजोको कारण रहेको छ । बलात्कारको ११ वटा घटनामा अधिकांश बालवालिकालाई नातेदार , छिमेकी , शिक्षक , साथि भाइ तथा परिचित व्यक्ति संलग्न , सामहिक वलात्कार २ , वालात्कारको प्रयास ७ , यौनजनय हिंसा ५ , आत्महत्या ७  , महिलाको हत्या ३ ,आत्महतयाको प्रयास ३  , शारीरिक र मानसिक यातना तथा कुटपिट ३१ , दाईजोको कारण मानसिक यातना ९ , बोक्सीको आरोप ९ , बहुविवाह ८ , ज्यानमार्ने धम्की २ , छुवाछुत छैन  , वालविवाहका ११  वटा घटना भएका छन । 

मानवाधिकारकर्मी सुनिल साह , महिला अधिकारकर्मी  देव कुमारी महरा , श्याम कुमारी साह , गंगा अधिकारी र जिवछी यादवको अनुसार महिला हिंसाको घटनाहरुको कारण खोज्दै जाँदा अशिक्षा , दाईजो र गरिबी रहने गरेको र आफनै नातेदारहरुवाट हिंसामा पर्नुले महिला हिंसाको तस्बीर सिरहाली समाजमा भयावह रहेको छ । भएका संवैधानिक ऐन कानुनलाई व्यवहारिक रुप नदिदाँ महिला हिंसालाई न्यूनिकरण गर्न राजनीतिक दलहरुले आफनो चुनावी प्रतिवद्धता पत्रमा उल्लेख गरेपनि सत्ता र सरकारमा रहँदा त्यसलाई पालना नगरेको कारण हिंसामा कमी नआएको उहाँँहरुको ठम्याई रहेको छ । 

ओरेक नेपाल सिरहाका संयोजक सुनिल साहका अनुसार २४ नोभेम्वर २०१८  देखि १० डिसेम्वर २०१८ सम्म चल्ने अभियानमा जिल्लाको सदरमुकाम सिराहा , लहान , गोलवजार नगरपालिका र गाँउपालिकाहरुमा महिला हिंसासम्वन्धी विविध कार्यक्रमहरु गरि १६ दिने अभियान सम्पन्न गर्ने कार्यक्रम तय भएको छ। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.