शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गायक मोहम्मद अजीज को निधन
मंसिर १२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर १२ - 
प्रसिद्ध गायक मोहम्मद अजीजको हिजो ६४ बर्षको उमेरमा निधन भएको छ।  बंगाली फिल्म 'ज्योति' बाट मोहमम्द अजीज ले आफ्नो करियरको शुरुवात गर्नु भएको थियो। त्यसपश्चात 1984 मा उहा मुंबई गए र हिन्दि फिल्म 'अम्बर' नामक फिल्ममा उहालाई गाउने पहिलो अवसर प्राप्त भएको थियो। त्यसपछि मोहम्मद अजीज लाई थुप्रै हिन्दि गीतमा आवाज दिने अवसर प्राप्त भयो। उहाले लक्ष्मीकांत प्यारेलाल, राहुल देव बर्मन, बप्पी लाहिरी, राजेश रोशन, राम लक्ष्मण, आनंद मिलिंद, जतिन ललित , नदीम श्रवन जस्ता  संगीतकारको निर्देशनमा गीत गाएका छन्।

तेरी बेवफाई का शिकवा (राम अवतार), सावन के झूले (निगाहें), आदमी जिंदगी और ये (विश्वात्मा), उंगली में अंगूठी (रामअवतार), आज सुबह जब मैं जगा (आग और शोला), प्यार हमारा अमर रहेगा (मुद्दत), आपके आ जाने से (खुदगर्ज), मैं तेरी मोहब्बत में (त्रिदेव), तु मुझे कबूल ( खुदाह गवाह ) मितवा भुल ना जाना ( कब् तक चुप रहुंगी ) , दुनिया मे कितना गम हे ( अमृत ) , तेरी मोहबत मेरी जवानी ( पति पत्नी और तवायाफ ) एक राजा हे एक रानी हे ( एक रिश्ता ) जस्ता थुप्रै हिन्दि , मैथिली ,नेपालि , बंगाली , भोजपुरी , तमिल लगायतका भाषाहरुमा २० हजार भन्दा बढी हिट गीतहरु गाउनु भएको छ। अस्सी को दशकमा उहालाई धेरै अवसरहरु प्राप्त भयो जसमा सनी देओल, अमिताभ बच्चन, ऋषि कपूर, गोविंदा, मिथुन चक्रवर्ती , अनिल कपूर , बिनोद खन्ना जस्ता प्रसिद्ध नायकहरुका लागि उहाले आफ्नो आवाज दिनु भयो। 2 जुलाई 1953 मा पश्चिम बंगालमा जन्मेका मोहम्मद अजीजले  लता मंगेशकर, आशा भोसले , अल्का याग्निक, साधना सरगम , अनुराधा पाउडवाल र कविता कृष्णमूर्ति लगायतका गायिकाहरु संग गीत गाउनु भएको छ।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.