शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा पनि विश्व एड्स दिवस मनाइयाे
मंसिर १६, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर - 
शनिबार विश्व एड्स दिवस लहानमा पनि मनाइएकाे छ । ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नाराका साथ दिवस मनाइएकाे हाे । दिवसको अवसरमा शनिबार लहान नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा रक्त सेवा केन्द्रको सहयोगमा लहानमा  ३१ औ विश्व एड्स दिवसको अवसरमा रक्तदान तथा चेतनामुलक र्याली सहित नगरपरिक्रमा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा लहान स्वास्थ्य शाखा प्रमुख रतन कुमार दासले पछिल्लो समय वैदेशिक रोजगारीमा गएकामा एचआईभी संक्रमणको उच्च जोखिम रहेको बताएका छन।

विश्वमा हाल तीन करोड ७० लाख मानिस एड्सको संक्रमण बाट पीडित छन् ।  नेपालमा ३३ हजार २० जनामा संक्रमण रहेको सरकारी तथ्यांक रहेकाे छ जसमध्ये १२ हजार महिला छन् बने बाकि पुरुष रहेका छन। नेपालमा सन् १९८८ मा पहिलोपटक एचआईभिको संक्रमण देखिएको थियो ।सरकारले सन् २०३० भित्र एड्स रोग पूर्ण नियन्त्रण गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम गर्दै आएको छ । डिसेम्बर १ का दिन हरेक वर्ष विश्वभर एड्स दिवस मनाउने गरिन्छ। रक्तदान तथा र्याली कार्यक्रममा यस क्षेत्र भित्रका स्वास्थकर्मी , महिला स्वयम सेविका लगायत विद्यार्थी युवा युवतीहरुको उपस्थिति रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.