शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विविध कार्यक्रम गरी लहानमा पनि अपांगता दिवस मनाइयो
मंसिर १८, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर १८ - 
सोमबार २७ औं अन्तराष्ट्रिय अपांगता दिवस सिरहा सहित संसारभर विविध कार्यक्रम गरी मनाइएको छ। सोही अवसरमा सिरहाको लहानमा  प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ। यस वर्ष ‘अपांगता भएका व्यक्तिहरूको सशक्तिकरण तथा समावेशिता  र समानताको सुनिश्चितता’ मूल नारासहित सो दिवस मनाइएको छ। अपांग पुनर्स्थापना केन्द्र लहान सिरहाको आयोजनामा आयोजित उक्त कार्यक्रममा विभिन्न गाउँपालिका नगरपालिकाका अपांगता भएका व्यक्तिहरु , जनप्रतिनिधि, संचारकर्मी , वुद्धिजीवी , महिला , युवायुवतीहरुको उपस्थितमा लहान नगर परिक्रमा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिले पनि राज्यका हरेक क्षेत्रमा समान अवसर पाउने बताएका छन्।अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हिजो एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्।अपाङ्गता भएका व्यक्तिहरू विभेद र अवरोधहरूका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउन वर्तमान सरकार अग्रसर भइसकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। अपाङ्गता भएका महिलाहरूमाथि हुने हिंसा र दुव्र्यवहारका विरूद्धमा कडा कानूनी कारबाहीहरू अगाडि बढाउने र पीडितलाई क्षतिपूर्ति दिलाउने विषयमा सरकारले विशेष ध्यान पुर्‍याएको सन्देशमा जनाइएको छ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.