शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा अन्तर स्कुल T 20 क्रिकेट प्रतियोगिता सुरु
मंसिर १९, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर १९ -  
सिरहाको लहानमा अन्तर स्कुल T 20 क्रिकेट प्रतियोगिता मंगलबार देखि शुरु भएको छ। लहान खेलकुद एकेडमीको आयोजनामा संचालित T 20 क्रिकेटमा प्रतियोगिताको उद्घाटन लहान सिटि जेसिसका वर्तमान अध्यक्ष उमेश चौधरी र एभरेष्ट कलेजका प्रिन्सिपल चक्रपाणि दहाहले बलिङ्ग र ब्याटिंग गरि गर्नु भएको छ। लहान नगरपालिका अन्तर्गत रहेका १८ वटा विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगितामा मंगलबार भएको २ खेलमा लहान मनकामना स्कुल र समता शिक्षा निकेतन विधालयले विजय शुरुवात गरेका छन्। प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा पशुपति आदर्श माविले टस जित्दै लहान मनकामना स्कुल लाई निम्तो दिएकोमा पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै 
 ललित यादव २९ रन, अभिषेक साह २५ रन र पंकज यादवको २१ रनको मद्दतले १७० रनको योगफल तयार गरन सफल भएको थियो। 

जवाफी ब्याटिंग गर्न उत्रेका पशुपति आदर्श माविका खिलाडीहरुले राम्रो खेलको प्रदर्शन गर्न नसक्दा २० ओभर खेल्दै १० विकेटको क्षतिमा मात्र ८६ रन बनाउदा लहान मनकामना स्कुल संग ८४ रनले पराजित भएका छन्। खेलको म्यान अफ द म्याच मनकामनाकाअभिषेक साह भएका छन् , उनले २ विकेट लिदै २५ रनको योगदान दिएका थिए।

यसै बीच प्रतियोगिता अन्तर्गत भएको मोडर्न आदर्श स्कुल र  समता शिक्षा निकेतन विधालय दोस्रो खेल निकै रोमान्चक भएको थियो। समय अभावले १५ ओभरमा खेलाइएको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै मोडर्न आदर्श स्कुलले १५ ओभरमा ६ विकेटको क्षतिमा संदेश सिंहको ३९ रन , मनिस यादव र धर्मेन्द्र यादवको सम्मान १४ रनको मद्दतले ९० रन बनाएको थियो। 

जवाफी ब्याटिंग गर्न आएका समता शिक्षा निकेतन विधालयले पनि निर्धारित १५ ओभर खेल्दै सबै विकेट गुमाई अनिस मण्डलको ३४ रन र राहुलको १७ रनको मद्दतले ९० रन नै बनाउदा खेल बराबरी ( टाई ) भएको थियो। बराबरीमा सम्पन्न भएको खेललाई निर्णायक बनाउन आयोजकले सुपर ओभरको खेल ( ६ बलको खेल ) गराउदा समता शिक्षा निकेतनले ६ रन बनाएकोमा मोडर्न आदर्श स्कुल ले ५ रन मात्र बनाउदा समताले १ रनको जित निकाल्न सफल भएका छन्। प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो खेलमा लहान प्यारागन पब्लिक स्कुल र मेरी चिल्ड्रेन स्कुल आमुने सामुने हुने छन् भने दोस्रो खेलमा लोटस बोर्डिंग स्कुल र सफ्टेक स्कुल भिड्दै छन्।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.