शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा जारि T 20 क्रिकेट प्रतियोगितामा प्यारागन र लोटस विजय
मंसिर २०, २०७५ | फिरोज शेख

फिरोज शेख २०७५ मङ्सिर २० - 
सिरहाको लहानमा जारि अन्तर स्कुल T 20 क्रिकेट प्रतियोगिता भएको दुइ खेलमा लहान प्यारागन पब्लिक स्कुलले  मेरी चिल्ड्रेन स्कुल लाई र लोटस बोर्डिंग स्कुलले सफ्टेक स्कुल लाई हराउदै विजय भएका छन्। लहान खेलकुद एकेडमीको आयोजनामा संचालित T 20 क्रिकेटमा प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा प्यारागन पब्लिक स्कुलले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९१ रन बनाउन सफल भएको थियो। म्यान अफ द म्याच भएका वरुण चौधरीको ४१ बलमा ७९ रन,ललित रजक २३ बलमा २९ रन र आभास यादव , अनिल चौधरी संगै रिशेष यादको सम्मान १८ / १८ रनको मदतले प्यारागन पब्लिक स्कुलले १९१ रनको विशाल स्कोर बनाउन सफल भएको थियो। १९२ रनको लक्ष्य सहित जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेका मेरी चिल्ड्रेन स्कुलका खिलाडीहरुले फितलो प्रदर्शन गर्दै निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाई सनी यादवले बनाएको ११ रन बाहेक कुनै खिलाडीले दोहरो अंक जोड्न न सक्दा मात्र ८८ रन बनाउदा प्यारागनले १०३ रनको फराकिलो जित हात पार्न सफल भएका छन। मेरी चिल्ड्रेन लाई सस्तै मा समेटन आभास यादव ३ , राम बालक यादव ३, अरुण चौधरी २ र ललित रजकले १ विकेट लिएका थिए।

यसै बीच प्रतियोगिता अन्तर्गत लोटस बोर्डिंग स्कुल र सफ्टेक स्कुल बीच भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा कृष्णा यादवको ३२ , रोहित बिकको १८ र जीवन चौधरीले बनाएको ११ रनको योगदानले १०६ रन बनाएका थिए । १०७ रनको विजय लक्ष्य सहित जवाफी ब्याटिंग गर्दै सफ्टेकले १९ ओभर ५ बल खेल्दै विजय साहको २३ रन , विक्रम चौधरी र नविन साहको सम्मान १० / १० रनको मद्दतले अल आउट हुँदै मात्र ८६ रन बनाएकोमा लोटस बोर्डिंग स्कुल २० रनले विजय भएका छन। खेलको म्यान अफ द मयाच लोटसका बलर प्रविन यादव भएका छन,जसले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए।

विहिबार हुने २ खेलमा पहिलो खेल मधोपुर स्कुल र ललकु स्कुल बीच हुदैछ भने दोस्रो खेल जी वि साव स्कुल र मदरल्याण्ड स्कुल आमुने सामुने हुने आयोजकले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.