शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा जारि T 20 क्रिकेट प्रतियोगितामा ललकु र जिविसौ विजय
मंसिर २१, २०७५ | फिरोज शेख

फिरोज शेख २०७५ मङ्सिर २१ - 
सिरहाको लहानमा जारि अन्तर स्कुल T 20 क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन भएको दुइ खेलमा लक्ष्मन ललिता माध्यमिक विद्यालयले माधोपुर माध्यमिक विद्यालय लाई र जिविसाव बोर्डिंग स्कुलले मदरल्याण्ड बोर्डिंग स्कुल लाई हराउदै विजय भएका छन्। लहान खेलकुद एकेडमीको आयोजनामा संचालित T 20 क्रिकेटमा प्रतियोगिता अन्तर्गत विहिबार भएको पहिलो खेलमा माधोपुरले टस जितेर पहिला ब्याटिंग गर्दै ९ ओभर ५ बलमा अलआउट हुदै ४७ रनमा समेटिएको थियो। ४८ रनको लक्ष्य सहित जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेका ललकु माविका खिलाडीहरुले राम्रो प्रदर्शन गर्दै निर्धारित मात्र ४ ओभर २ बल खेल्दै १ विकेटको क्षतिमा ४८ रन बनाउदै ९ विकेटको फराकिलो जित हात पार्न सफल भएका छन। 

यसै बीच प्रतियोगिता अन्तर्गत भएको दोस्रो खेलमा मदरल्याण्ड बोर्डिंग स्कुलले टस जितेर पहिला ब्याटिंग गर्दै १६ ओभर ४ बल खेल्दै अल आउट भइ आकाश कुमार यादवको १९ , आनन्द यादवको १६ र जगदीश शर्माले बनाएको ११ रनको मद्दतले ९६ रन बनाएका थिए । ९७ रनको विजय लक्ष्य सहित जवाफी ब्याटिंग गर्न आएका जिविसाव बोर्डिंग स्कुलले १५ ओभर २ बल खेल्दै आलोक यादवको २२ रन , मोनु मण्डलको १५ रन र अमरेश यादवको १३ रनको मद्दतले ८ विकेटको क्षतिमा ९७ रन बनाउदै २ विकेटको जित निकालन सफल भएका छन। 

प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल एपोलो ओम बोर्डिंग स्कुल र प्रिनस्टोन बीच हुने भएको छ भने दोस्रो खेल बेबी एन्जल र शारदा नमुना उच्च मावि विच हुने आयोजकले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.