शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान प्राविधिक शिक्षालयमा विद्यार्थी द्वारा तोडफोड
मंसिर २२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर २२ - 
सिरहाको लहानमा अवस्थित प्राविधिक शिक्षालयमा  विद्यार्थीहरुले तोडफोड गरेका छन। समाजिक सञ्जाल फेसबुकमा भिडियो सेयर गरेको आरोपमा विद्यार्थीहरुलाई लहान प्राविधिक शिक्षालय प्रशासनले कारवाही स्वरुप ‘वण्ड’ बनाएको थियो । त्यस भिडियो सेयर गर्ने घटनामा संग्लनमध्ये आफुहरुलाई मात्रै वण्ड बनाएको भन्दै आक्रोशित बनेका सिभिल थप कार्यक्रम तेस्रो वर्षका विद्यार्थीहरुको समुहले प्राविधिक शिक्षालयमा तोडफोड गरेका छन् । विद्यार्थीहरुले शिक्षालय प्रशासन भवनको झयालमा लगाएको सम्पुर्ण सिसा, ढोका, दराज र बा १२ प ६४९८ नम्बर गाडीमा समेत ढुंगा, लातीले हानेर लाखौको क्षति गरेका छन्।

नेपालमै नमुनाको रुपमा प्रख्यात प्राविधिक शिक्षालयमा पुस ११ गते राष्ट्रिय स्तरको व्यवस्थापन गोष्ठी आयोजना हुँदैछ। सोही कार्यक्रममा  स्वागतका लागि छानिएका मैथिली गीतको अभ्यासका क्रममा केही युवतीले अपशब्द प्रयोग गर्दै गितको शब्द बिगाड़ी भिडियो शुट गरि उक्त   भिडियो साथि रविन्द्र राउत लाई दिएको थियो। रविन्द्र राउतले उक्त भिडियो रोशन यादवलाई पठाएको थियो । रोशनले उक्त भिडियो समाजिक सञ्जाल फेसबुकमा अपडोल गरे । त्यसपछि फेसबुकमा भाइरल बनेका भिडियोलाई लिएर सामाजिक संजालमा निकै टिकाटिपणी भइरहदा शिक्षालय प्रशासनले त्यसमा संग्लन सबैलाई गत आइतवार कारवाही स्वरुप " वण्ड" बनाएको थियो।

तोडफोडमा संग्लनमध्येका अमित साह, रामसागर महतो, सुभाष यादव, पपु मण्डल, मुकेश कुमार झालाई शिक्षालयको नियन्त्रणमा राखिएको छ । शिक्षालय प्रमुख जोग नारायण यादवका अनुसार शुक्रवार विहान कक्षा सकाएर विद्यार्थीहरु फर्के । फेरी दिउँसो आएर शिक्षालयमा तोडफोड मचाएको हो। ‘५० / ६०  जनाको समुहमा आएका विद्यार्थीहरुले भिडियोमा देखिएका युवतीहरुलाई कारवाही किन नगरेको सोध्दै थियो,’आफुले सबैसँग कारवाही स्वरूप वण्ड बनाएको बताएपनि विद्यार्थीहरु तोडफोड गर्न थाले ।’ शिक्षालयको नियन्त्रणमा रहेका विद्यार्थीहरुलाई विना शर्त छोड्नुपर्ने भन्दै उनीहरुका साथीहरुले समुह बनाएर गेटमा प्रदर्शन गर्दै जोडदार मांग गरेका थिए। यसै बीच पक्राउ परेका पाँचै जना लाई प्राविधिक शिक्षालय व्यवस्थापन समितिले क्षतिपूर्ति तिर्ने र आगामी दिनमा यस्तो घटना फेरी न दोर्ह्याउने प्रतिवध्ता सहितको कागज गराई राति ९ बजे छाडिएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.