शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सफ्टेक कलेजका विद्यार्थी द्वारा " स्वागत " कार्यक्रम सम्पन्न
मंसिर २३, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर २३ - 
लहानमा अवस्थित रोयल साटेक कलेजको कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले आफु भन्दा जुनियर विद्यार्थीहरुको सम्मानमा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुलाई " वेलकम " कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेका छन्। सफ्टेक कलेजका संस्थापक डाक्टर महादेव साहको अध्यक्षता तथा ओशो मधुर्य ज्ञान केन्द्रका संस्थापक प्रमुख स्वामी ज्ञान साहीको प्रमुख आतिथ्यमा भएको उक्त स्वागत तथा सम्मान कार्यक्रका अतिथिहरुमा लहान नगरपालिका विद्यालय निरीक्षक भवानी कट्टेल , श्रोत व्यक्ति काशिन्दर यदाव, समाजसेवी राजु मुरारका,  राष्टिय परीक्षा बोर्डका शाखा अधिकृत प्रमोद यादव, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख , विद्यार्थी नेता अशोक चौधरी लगायत विभिन्न संघ संस्थाका प्रमुख , प्रतिनिधि , शिक्षक , शिक्षिका संगै कलेजका शिक्षा , वाणिज्य र विज्ञान संकायको कक्षा ११ र १२ मा अध्यनरत सैयौ छात्रछात्राहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको संचालन कलेजका वाणिज्य संकाय संयोजक भरत प्रसाद साह,अध्यापक लाल बिहारी यादवले गर्नु भएको थियो। भने कार्यक्रमको अनुशासन व्यवस्थान +2 कडीनेटर बिनोद साह , स्वागत मन्तव्य अध्यापक तथा परीक्षा संयोजक बज्र मोहन अधिकारिले राख्नु भएको थियो। 

कार्यक्रममा वक्ताहरुले शुभकामना मन्तव्य राख्दै रोयल सफ्टेक कलेजको स्थापना काल देखि वर्तमान अवस्था सम्मको मुल्यांकन गर्दै शिक्षाको क्षेत्रमा उल्लेखनीय उपलव्धि हासिल गर्दै नमुना कलेजको रुपमा स्थापित भएकोमा बधाई तथा शुभकामना सहित वर्तमान अध्यापक टिमको गुणस्तरीय शिक्षा तथा मेहिनेतले गर्दा सफ्टेक कलेज पुर्वान्चल टप हुदै शिक्षा क्षेत्रमा राम्रो फड्को मार्न सफल भएकोमा प्रशंसा सहित बधाई दिदै आगामी दिनहरुमा पनि यहि टिमले निरन्तरता पाउदै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वाश समेत व्यक्त गर्नु भएको छ। 

विगत दुइ दशक देखि निरन्तर संचालित रोयल सफ्टेक कलेजमा अध्यनरत विद्यार्थीहरु मध्ये अहिले सम्म ५० जना भन्दा बढी इन्जिनियर , २० जना भन्दा बढी डाक्टर , बिएससी नर्सिङ्ग, शिक्षा क्षेत्र , पत्रकारिता क्षेत्र , प्रशासनिक क्षेत्रमा कार्यरत रहेका छन्।कार्यक्रमा कक्षा १२ मा अध्यनरत छात्रछात्राहरुले चेतना मुलक नाटक सहित विभिन्न संस्कृतिक कोसेलीहरु प्रस्तुत गरेका थिए । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.