शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विद्यालय सुधार गर्न शिक्षा समिति अग्रसर - नगर प्रमुख मुनिसाहको
मंसिर २५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर २५ - 
लहान नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०७५/ ७६ को शिक्षा कार्यक्रमको वार्षिक अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ | लहान नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमा २४ वटै वडाका वडाध्यक्षहरु, प्रधानाध्यापक ,व्यास्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो | कार्यक्रममा बोल्दै पुस मसान्तसम्ममा लहान नगरपालिकाको सामुदायिक विद्यालयहरुमा व्यावस्थापन समिति गठन गरि सक्नुपर्ने अन्यथा नगपालिकाले तदर्थ समिति गठन गरेर पठाइदिने नगर प्रमुख मुनि साहले जानकारी गराउनु भएको छ | नगरप्रमुख साहले कृत्रिम हाजिरीलाइ निरुत्साहित , विधार्थी नभएको विद्यालयलाइ मर्ज र लहान ५ मा ६० लाखको लगानीमा यस वर्ष सिपमुलक महिला प्राविधिक विद्यालय संचालन संगै पशुपति मावि लाई समेत सुधार गरि ५९ वटै सामुदायिक विद्यालय सुधार गर्न लहान शिक्षा समिति अग्रसर भइरहेको बताउनु भएको छ |  कार्यक्रममा शिक्षा संयोजक राज कुमार साह उपप्रमुख सरियार कुमारी चौधरी , विद्यालय निरीक्षक भवानी कटेल , श्रोत व्यक्ति काशिन्द्र प्रसाद यादवले शिक्षा सुधारको लागि रकमको बाँडफाँड र लिनुपर्ने रणनीतिबारे प्रष्टयाउनु भएको थियो |

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.