शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बसको ठक्कर बाट आमाको मृत्यु छोरा गम्भीर
मंसिर २५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर २५ - 
सिरहाको लहान–ठाडी सडक खण्ड अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा मंगलबार बसले मोटरसाइकललाई ठक्कर दिँदा आमाको   मृत्यु भएको छ,भने छोरा घाइते भएका छन। ठाडीबाट लहान तर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको तिरुपति यातायात बसले सोही दिशाबाट आउँदै गरेको स १० प ३५४२ नम्बरको मोटरसाइकल लाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी सुरुङ्गा नगरपालिका–५ कुशहा बस्ने ३५ वर्षीया जुमेदा खातुनको घटना स्थलमै मृत्यु भएको र १८ वर्षीय छोरा इरफान राइन घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। घाइते इरफानको उपचार लहानमा अवस्थित सेराज पोलिक्लिनिकमा भइरहेको छ। 

तिरुपति यातायातले एक महिना न बित्दै २ जना महिलाको ज्यान लिएका छन। यहि मङ्सिर २ गते लहान नगरपालिका ३ हस्पिटल चौकमा लहान ८ बस्ने स्वर्गीय विशेश्वर महतोको श्रीमती ४० वर्षीय कुमारी महतो लाई ठक्कर दिदा महतोको मृत्यु भएको थियो। खातुन लाई ठक्कर दिने चालक फरार रहेको र बस इलाका प्रहरी कार्यलय लहानको नियन्त्रणमा रहेको र फरार चालकको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ। शव लाई पोष्टमार्टम का लागि राम कुमार शारडा उमा प्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.