शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटि जेसिजको अध्यक्षमा मण्डल
पौष १५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ पुस १५ - 
लहान सिटि जेसिजको १६औ बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। सम्पन्न अधिवेशनमा सर्वसहमतिले वर्ष २०१९ का लागि अध्यक्षमा राजु मण्डल , कार्यकारीणी उपाध्यक्षमा आशा यादव साह , फिरोज शेख ,तालिम निर्देशकमा गायत्री सिंह, जनसम्पर्क अधिकृतमा कुमु चौधरी संगै उपाधक्ष्यमा जावेद अलि , गौरब साह ,मोनु साह , रमेन्द्र पंजियार चयन भएका छन I  वर्ष २०१८ का अध्यक्ष  उमेश चौधरीको अध्यक्षता तथा जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष तथा लहान सिटि जेसिजका सल्लाहकार अशोक लाल अमात्यको प्रमुख आतिथ्यमा भएको उक्त साधारण सभा तथा अधिवेशनका निर्वाचन अधिकृत सत्य नारायण पन्जियार रहनु भएको थियो। कार्यक्रम संयोजक गंगा प्रसाद यादवको संयोजकत्वमा सम्पन्न साधारण सभा तथा अधिवेशनमा लहान सिटि जेसिजमा आवध सम्पूर्ण साधारण सदस्य देखि लिएर वर्ष २००२ देखि २०१७ सम्मका सम्पूर्ण पुर्व अध्यक्षहरुको उपस्तिथी रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.