शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एभरेष्ट कलेज द्वारा प्रिमियर लिगको उपाधि माथि कब्जा
पौष १६, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ पुस १६ - 
सिरहाको लहानमा आयोजना गरिएको नमस्ते कलेज प्रिमियर लिग टि 20 क्रिकेट प्रतियोगिताको उपाधि माथि लहान एभरेष्ट कलेजले कब्जा गरेका छन्। गत मंगलबार देखी लहान क्रिकेट कल्वको आयोजनामा संचालित T 20 क्रिकेट प्रतियोगिताको फाइनल खेलमा एभरेष्ट कलेजका खिलाडीहरुले उत्कृष्ट खेलको प्रदर्शन गर्दै शारदा उच्च मावि लहान लाई ८ विकेटले हराउदै उपाधि माथि कब्जा गर्न सफल भएका छन। लहान  नगरपालिका अन्तर्गत रहेका ५ वटा कलेजहरुले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गर्न आएका  शारदा उच्च मावि लहानका खिलाडीहरुले फितलो प्रदर्शन गर्दै १४ ओभर २ बलमा अल आउट हुदै मात्र ५३ रन बनाउन सफल भएका थिए। शारदा उच्च माविको तर्फ बाट अजित साह १३ रन र जय प्रकाश यादवले १० रन बनाएका थिए ,भने बलिङ्ग तर्फ मनोज यादवले एभरेष्टका २ खिलाडीलाई आउट गर्न सफल भएका थिए।

५४ रनको लक्ष्य सहित जवाफी ब्याटिंग गर्न आएका लहान एभरेष्ट कलेजका खिलाडीहरुले राम्रो प्रदर्शन गर्दै ८ ओभरमा मात्र २ विकेट गुमाई  ५४ रन बनाउदै विजय भएका छन। एभरेष्ट कलेजको तर्फ बाट तारकेश्वर मुखियाले १७ रन र रमेश कर्णले १३ रनको योगदान दिएका थिए। त्यस्तै बलिङ्ग तर्फ राम एकबाल रामले शारदाका ३ खिलाडिलाई आउट गरेका थिए। 

लहान क्रिकेट क्लवका अध्यक्ष राकेश अधिकारीको अध्यक्षता तथा सिरहा क्षेत्र न. १ को ( ख ) बाट निर्वाचित प्रदेश सभा सदस्य अशोक यादवको प्रमुख आतिथ्य संगै लहान नगरपालिका वडा न.८ का वडा अध्यक्ष विजय महतो ( जानेमन) र जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्यको विशिष्ट आतिथ्यमा नमस्ते वियरको मुख्य प्रायोजन तथा लहान क्रिकेट कल्वको आयोजनामा संचालित प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेवि संघका जिल्ला अध्यक्ष सितल चौधरी,अखिल नेपाल फुटवल संघका जिल्ला उपाध्यक्ष शम्भु चौधरी, एभरेष्ट कलेजका प्रमुख धरणीधर अधिकारि र प्रिन्सिपल चक्रपाणि दाहाल,नेवि संघका केन्द्रिय सदस्य अशोक चौधरी ,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका अध्यक्ष फिरोज शेख , सानिमा बेंकका प्रतिनिधि, प्राइम लाइफ इन्सुरेन्सका प्रतिनिधि, स्पतऋषि अस्पतालका प्रतिनिधि, फ्रेन्ड्स मोडेल अस्पतालका प्रतिनिधि, नमस्ते वियरका प्रतिनिधि लगायत सहयोगी बिभिन्न संघ संस्थानका पदाधिकारी सहित नेपाल नेशनल टिमका महिला तथा पुरुष खिलाडीहरु संगै हजारो दर्शक तथा क्लवका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो।

विजेता टिम एभरेष्ट कलेज लाई नगद रु. ५० हजार , शिल्ड , प्रमाण-पत्र र मेडल प्रदान गरिएको छ,भने उप विजेता शारदा नमुना उच्च मावि लाई नगद रु. २५ हजार,, शिल्ड , प्रमाण-पत्र र मेडल प्रदान गरिएको छ। त्यस्तै प्रतियोगिता अन्तर्गत जेएस मुरारका वहुमुखी क्याम्पसका सदाम हुसेनले २ वटा म्याच खेली ७ विकेट र ४७ रन बनाएकोमा म्यान अफ द सिरिज घोषित भएका छन। म्यान अफ द सिरिज भएका हुसेनलाई प्राइम लाइम इन्सुरेन्स लहान शाखाले ५ लाखको निशुल्क बिमा उपहार दिएका छन।

त्यस्तै प्रतियोगिता अन्तर्गत एभरेष्ट कलेजका क्याप्टन राकेश कामैतले ३ वटा म्याच खेल्दै १०४ रन बनाएकोले बेस्ट ब्याट्स म्यान भएका छन भने 
शारदा उच्च माविका रुजित यादवले ३ म्याच खेली ८ विकेट लिदै २८ रन मात्र खर्चेकोले बेस्ट बलर घोषित भएका छन। बेस्ट ब्याट्स म्यान र बेस्ट बलर लाई सम्मान ५/५ हजारले पुरस्कृत गरिएको छ। समापन कार्यक्रमा ग्यालाट्स क्रु का कलाकारहरुले संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। प्रतियोगिताको मिडिया पार्टनर रेडियो सरगम ९३ मेगाहर्ज रहेको थियो।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.