शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भोजपुरी स्टार ग्लोरी मोहन्ताको नाममा ठगि गरेको आरोप
पौष २६, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ पुस २६ - 
सिरहाको लहानमा आयोजित संस्कृतिक कार्यक्रको ब्यानरमा भोजपुरी स्टार ग्लोरी मोहन्ताको फोटो राखी उनको नाममा आयोजकले ठगि गरेको कार्यक्रममा उपस्थित दर्शकहरुले आरोप लगाएका छन। दिनाभद्रि फिल्म्स प्रोडक्शनको आयोजनामा निर्माण भइरहेको मैथिली कथानक चलचित्र " मिशन मधेश " को प्रमोशनका लागि " लाइभ कन्सर्ट २०१९ " आयोजना गरिएको संस्कृतिक कार्यक्रमा आयोजकले भोजपुरी फिल्म हरुमा आइटम गीत गर्ने भोजपुरी स्टार ग्लोरी मोहन्ताले आफ्नो प्रस्तुति दिने भनि प्रति व्यक्ति रु. १ हजार र ५ सयको टिकट बिक्रि गरेको थियो।
बुधबार साँझ पशुपति डिजिटल सिनेमा लहानमा आयोजना गरिएको उक्त संस्कृतिक कार्यक्रमको उद्घाटन प्रदेश २ का अर्थ तथा योजना मन्त्रि विजय कुमार यादवले गर्नु भएको थियो। भने अध्यक्षता दिनाभद्रि फिल्म्स प्रोडक्शनका अध्यक्ष तथा आयोजक मुकेश कर्णले गर्नु भएको थियो ।

उद्घाटन सत्र सकिएको केहि बेर प्रश्चात शुरु भएको कार्यक्रमा विभिन्न कल्व तथा डान्स ग्रुपहरुले आफ्नो प्रस्तुति दिने क्रममा त्यहा उपस्थित केहि युवाहरुले पटक पटक उछ्लींग गतिविधि गर्दै कार्यक्रम प्रभावित पार्दा समेत त्यहा उपस्थित प्रहरीले चिनजानको युवाहरु भएको हुँदा टुलु टुलु हेरी रहे। करीब २ घण्टा सम्म कार्यक्रम संचालन पश्चात उपस्थित दर्शकहरुले भोजपुरी स्टार ग्लोरी मोहन्ताको प्रस्तुति हेर्ने भन्दै  हुटिंग गर्दा त्यहा आयोजकको उपस्थिति नभएको हुँदा दर्शकहरु आक्रोशित हुदै हो-हल्ला गर्दै,कि त हाम्रो रकम फिर्ता हुनु पर्यो कि त ग्लोरी मोहन्ताको प्रस्तुति हुनु पर्यो भन्दै आयोजक र मोहन्ताको कतै अत्तोपतो न देख्दा भोजपुरी स्टार ग्लोरी मोहन्ताको ठुलो ठुलो ब्यानर र प्रचार- प्रसार गरि आयोजकले ठगि गरेको दर्शकहरुले आरोप लगाएका छन।

यता आयोजक मुकेश कर्णका अनुसार युवाहरुले कार्यक्रम हल भित्रै  बियरका बोतल सहित उछ्लींग गतिविधि गर्दा पनि प्रहरी प्रसाशन मुख दर्शक भएको देख्दा अतिथि कलाकार मोहन्ताको सुरक्षाको दृष्टिकोनले कार्यक्रम अस्थागित गर्नु परेको प्रतिक्रिया दिएका छन।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.